धनुषाको शहिदनगर नगरपालिका स्थित डुमरियाचौकमा बोलबम कमरियाहरु लाई धनुषा क्षेत्र नं.२ का सांसद उमाशंकर अरगरियाको सहयोग र जनता समाजवादी युवा संघ शहिदनगर नगरपालिकाको सह कार्यमा माकस,पानी र जुस वितरण गरियो ।

कार्यक्रम जनता समाजवादी युवा संघको नगर उपाध्यक्ष निशान्त मरिकको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा समाजवादी पार्टी धनुषाको युवा नेता विनोद रोहिता, शहिदनगर नगरपालिका वडा नं.८ पार्टीको वडा अध्यक्ष जोगिन्द्र दास ,जीवन रोहिता,शौखिलाल मुखिया, युवा संघका नगर सदस्य रितेश यादव ,सैलेन्द्र, दिपक यादव , गुड्डु गोइत , दिपेश बिराजी,रुपेश गोहिवार लगायतका युवा हरुको उपस्थितिमा सम्पुर्ण कमरिया र सर्व साधारण जनताहरु बिना माकस हिडिरहेका लाई माकस वितरण गर्‍यो ।

श्रद्धालुहरुलाई अनिवार्य मास्क लगाउन युवा संघका नगर उपाध्यक्ष मरिकले आग्रह गरेको र सेनिटाइजरको व्यवस्था समेत गरेको बताए ।

उक्त कमरियाहरु कमला नगरपालिका लगायतका गाउँहरु बाट शनिबार हिडेर सिराहाको बन्दिपुर स्थित कमला नदिको उत्तरैहनी मुहानबाट जल लिएर आज आइतबार शहिदनगर नगरपालिकाको डुमरिया चौकमा विश्राम गरि सोमबार बिहान् दुवरकोठ हथलेटवा शिवालयमा जल चढाउने कमरियाहरुले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय