• हाम्रो जनकपुर डेस्क

जनकपुर- कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि प्रहरी तथा प्रशासनिक निकाय सर्वसधाराणलाई मास्क लगाउन भन्दै कडा रुपमा प्रस्तुत हुने भएको छ ।

संक्रमण दर बढ्न थालेपछि गृह मन्त्रालयले मातहतका निकायलाई कडा रुपमा प्रस्तुत हुन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई भनिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्ै गएको छ ।

साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ ।

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय