• हाम्रो जनकपुर डेस्क

जनकपुर– धनुषामा कोरोनाको लक्षण भएको एक व्यक्तिको आज मृत्यू भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोडका एक पुरुषको मृत्यू भएको हो ।

केही दिनदेखि उनलाई जनकपुरको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । आज (आईतबार) उनको स्वास्थ्य अवस्था अत्यन्तै बिग्रेपछि थप उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यू भएको जनाइएको छ । धरान लैजाँदै गर्दा सिरहा पुगेपछि बाटोमै ज्यान गएको बताइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरको अनुसार मृतकको शरिरमा कोरोना भाइरसको लक्षण देखिएको थियो । उनलाई रुघाखोकी, ज्वरो जस्ता लक्षणहरु देखिएको थियो भने सोही पश्चात उनलाई आईशोलेसनमा राखेर उपचार भइरहेको थियो ।

कमला नगरपालिका वडा नं. ८ घर भई नजिकै रहेको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियाचोकमा उनी पसल गर्दै आएका थिए । यद्यपी, स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले कोरोनाबाटै उनको मृत्यू भएको पुष्टि अझै गरेको छैनन् ।copyright

सभार news https://www.shirishnews.com/2020/07/26/16784.html

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय