हाम्रो जनकपुर

जनकपुरधाम, ११ साउन । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमा नाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।

आज सम्पन्न पीसीएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा लक्षणसहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमा नाकाबाट लुकिछिपी प्रवेश गर्नु बताउँदै तीन वटै सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिनु भएको हो ।

बैठकमा मुख्यमन्त्री राउतले लक्षणसहितको कोरोना संक्रमितहरु देखिन थालेपनि यसबाट जोगिन अपनाउनु पर्ने उपायहरु बारे विज्ञहरुसँग सुझाव समेत लिनुभएको थियो ।

कोरोना नियन्त्रणको लागि प्रदेश सरकारबाट भए गरेको कामकाजको प्रगतिबारे जानकारी लिनु हुँदै मुख्यमन्त्री राउतले रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनु भएको छ ।

उक्त बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलसहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरुसहितको उपस्थिति रहेको थियो ।

यता मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीद्वारा प्रादेशिक अस्पताल जनकपुर र प्रादेशिक ल्याबको निरीक्षण अनुगमन गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय