• हाम्रो जनकपुर डेस्क

जनकपुरधाम : खानेपानी मंत्री बिना मगरको राजिनामा र मृतक इन्जिनियर सतिश गोइतलाई शहिद घोषणा गर्नुपर्ने भन्दै जनकपुरमा युवाहरुले हस्ताक्षर अभियान सुरु गरेको छ ।

जनकपुरधामको जनक चोकमा युवाहरुले हस्ताक्षर अभियान चलाएका हुन् । आज दिनभरमा संकलन हुने हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंत्रीलाई बुझाउने जनकपुरका इन्जिनियर दिपक यादवले जानकारी दिए ।

असार ३० मा मेलम्ची आयोजनाको सुरङ परीक्षण क्रममा १७ नम्बर गेट फुट्दा गाडी दुर्घटनामा जनकपुर घर भएका इन्जिनियर सतिश गोइतको मृत्यु भएको थियो ।

ठेकेदारको लापरवाही र कमसल काम भएकै कारण इन्जिनियर गोइतको मृत्यु भएकाले मंत्री मगरले राजिनामा दिनुपर्ने भन्दै जनकपुरका युवाहरु निरन्तर आन्दोलन गर्दै आएका छन् । इन्जिनियर गोइतलाई शहिद घोषणा, उनको परिवारलाई ५० लाख क्षतिपुर्ति, परिवारका एक सदस्यलाई जागिर दिनुपर्ने माग पनि आफुहरुको रहेको युवा नेता प्रशान्त झाले बताए ।

यसअघि जनकपुरकै भानु चोकमा युवाहरुले मंत्री मगरको पुत्ला समेत जलाएका थिए । बुधवार भनेहरुले जनकपुरको कदम चोकमा सडक अबरूद्ध गरी प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय