संकेत तस्बिर

जलाद पूलमा अहिले पनि गँजेरी भँगेरीहरुको उपस्थिति बाक्लो हुने गरेको छ ।

  • हाम्रो जनकपुर डेस्क

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ र वडा नं. १६ को बीचमा रहेको जलाद पूल (गिरिजा सिनेमा नजिकै) नजिक दिउँसै पेस्तोल देखाएर लुटेको प्रहरीले जनाएको छ ।

जनकपुरमा दिउँसै एक युवक लुटिएका छन् । युवकलाई पेस्तोल देखाएर लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लुटिनेमा धनुषाको कमला नगरापलिका वडा नं. २ सराबे बस्ने स्थानीय बद्री मण्डलका छोरा धीरज मण्डल (अधिकारी) रहेका छन् । २१ बर्षिय धीरजसँग रहेको ३ लाख ७६ हजार रुपैयाँ हतियार देखाएर लुटिएको जनाइएको छ ।

बुधबार दिउँसो करिब २ बजेको समयमा बैंंकबाट रकम झिकेर आफ्नो घर फर्किने क्रममा लुटिएको जनाइएको छ । पुल नजिकै मोटरसाईकलमा आएको व्यक्तिले उनलाई पेस्तोल देखाएर लुटेको प्रारम्भिक बयान दिइएको छ ।

जलाद पूलमा अहिले पनि गँजेरी भँगेरीहरुको उपस्थिति बाक्लो हुने गरेको छ । जलाद पुलको वारी पट्टि पनि पसलहरु सहित जतिबेला पनि मान्छेको उपस्थिति हुन्छ भने पारीपट्टि पनि पसलहरु निरन्तर सँचालनमा रहेको छ भने मान्छेको उपस्थिति पनि बाक्लो हुने गरेको छ ।

जलाद पुलमा विगतदेखि नै कैयौं घटनाहरु हुँदै आएको छ ।

यस सन्दर्भमा धीरजलाई प्रहरीले सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको छ भने लुटेराको खोजी कार्य तीव्र पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय