• मनाेज मोरबैता / प्रविन पण्डित

जनकपुरधाम, ४ साउन । धनुषाको जनकनन्दिनी गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीको कारण सेवाग्राही मर्कामा परेका छन् ।

गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी समेत कार्यालयमा नआएपछि सेवा लिन आएका सेवाग्राही काम बिनै रित्तै फर्किन बाध्य भइरहेका छन् । उपाध्यक्ष भारती कार्की, प्रमुख प्रशासकिय अधिकृत कुलानन्द झा कार्यालयमा पट्क्कै नआइरहेको सेवाग्राहीको भनाई छ ।

आइतबार १० बजेर २५ मिनेटमा कार्यालय पुग्दा उपाध्यक्ष भारती कार्की तथा निमित प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झा कार्यालयमा थिएनन् । न्यूजमधेशको टिम कार्यालयमा बेलुका ४ बजे सम्म बसेको थियो ।

तर कार्यालयमा नत उपाध्यक्ष कार्की फेला परिन् न त प्रमुख प्रशासकीय अधिकृत झा नै । कयौ सेवाग्राही काम गराउन पानीमा भिजेर कार्यालय आएका थिए । तर काम नभएपछि उनीहरु निराश भएर घर फर्किन बाध्य भए ।

कयौ सेवाग्राहीलाई कामकाज गराउन नसकी खाली हात घर फर्केका थिए । निमित प्रमुख प्रशासकीय अधिकृत झा जुनवेला मन लाग्छ त्यो वेला कार्यालय आउने जाने गरेकोले सर्वसाधारणको कामकाज प्रभावित भइरहेको सेवाग्राहीको गुनासो छ ।

गाउँपालिकाको सबभन्दा बढी जिम्मेवार कर्मचारी झा नै कार्यालयको समयभरि कार्यालयमा नबस्ने गरेको सेवाग्राही बताउँछन् ।

आफ्नो हजुर आमाको अपाङ्गता सम्बन्धी परिचय पत्र बनाउन महिनौदेखि धाइरहेपनि कर्मचारीले काम नगरिदिएको एक जना सेवाग्राहीले बताए । ‘महिनौ दिनदेखि गाउँपालिका आउँदै छु । तर यहाँ कर्मचारी नै फेला पर्दैनन्’ उनी भन्छन्, “कर्मचारी भेटाएपनि भोलि आउनु पर्सि आउनु भनिरहेका छन् ।”

यस सम्बन्धमा प्रतिकृया लिन खोज्दा निमित प्रमुख प्रशासकीय अधिकृत झाको फोन स्वीच अफ पाइयो । उनी समयमा कार्यालय नआउदा सेवाग्राहीहरु आक्रोशित भएका छन ।

सभार न्युज मधेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय