सबै जनाले पाएको मजदुरी रु. ७० हजार सहित मोबाइल समेत खोसेर भागेको आरोप

  • हाम्रो जनकपुर डेस्क

जनकपुरधाम । धनुषामा गएराती केही मजदुरहरु माथि निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ३ स्थित काम गरी घर फर्कदै गरेका मजदुरहरुलाई स्थानीय दुई जना युवकहरुले रक्सीको नसामा धुत्त भएर उनीहरुलाई कुटिपिट गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
शनिबार राती करिब ९ बजेको समयमा धनुषाको बटेश्वर गाउँपालिकाबाट काम गरी आफ्नो घर फर्कने क्रममा क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ३ मँगलपुर स्थित बाटोमा घेरा हाली कुटपिट गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक पप्पु नायकका अनुसार, मजदुरहरु काम सकेर घर फर्कने क्रममा एक पसलमा किनमेल गरिरहेको अवस्थामा दुई युवकले रक्सीको नशामा भएको बेला कुटपिट गरेको हो ।
पसलमा किनमेल गर्ने क्रममा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ पकडियाका अरूण सादा, सरमेश सदा, राम बाबु सदा, पल्टु महरा, सुधीर सदालाई निर्घाट कुटपिट गरेको हो ।
उनीहरूको उपचार अहिले जनकपुरको प्रादेशिक अस्पतालमा भईरहेको छ । पीडितहरुका अनुसार मंगलपुरका अहमद नदाफ र पकडियाका सुशिल सिंहका समुहले कुटपिट गरेको हो ।
यसका साथै, साहुबाट सबै जनाले पाएको मजदुरी रु. ७० हजार सहित मोबाइल समेत खोसेर भागेको आरोप लगाएका छन् । प्रहरी नीरिक्षक नायकका अनुसार, उनीहरुको खोजी कार्य तीव्र पारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय