• हाम्रो जनकपुर डटकम

सिरहा, साउन ४ गते ।

सिरहामा अपहरणपछि एक किशोरको हत्या भएको छ । लहान नगरपालिका १ का १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको हो ।

लकडाउनकै अवधिमा लागु औषध मुद्दामा पक्राउ परेका रोशन भर्खरै केहीदिन अघि थुनाबाट छुटेका थिए । १० हजार रुपैँया धरौटी राखेर छुटेका उनी थुनामै रहेकाबेला प्रहरी हिरासतभित्रै मिर्चैया नगरपालिका १ का मुकेश कटुवालसँग एकहजार रुपैया सापटी लिएको बताइएको छ ।

रोशनका परिवारजनका अनुसार थुनाबाट निस्केपछि मुकेश पटक पटक पैसा माग्न रोशनको घरमा आउने गर्थे । तर पैसा नभएको भन्दै रोशनले केही दिनपछि कमाएर पैसा दिने मुकेशलाई पैसा दिने बताउँदै आएका थिए ।
मुकेशले पटकपटक घरमा पुगेर रोशनलाई ज्यान मार्ने धम्की दिँदै आएको रोशनका बुवा सिपैत मोचीको आरोप छ ।

मुकेशले नै छोराको हत्या गरेको उनले दावी गरे । उनका अनुसार मुकेशले रोशनलाई अषाढ २७ गते घरबाट बाईकमा चढाएर ससुराली जाउँ भनेर लगेका थिए।

उनी सोही दिनदेखि बेपत्ता भएको बताइएको छ । उनको लाश मिर्चैयाको बतहाखोला नजिक बेबारिसे अवस्थामा प्रहरीले फेला पारेका थिए । हत्या आरोपमा मिर्चैया १ का मुकेश कटुवाल र जयकुमार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय