वीरगंज, ४ साउन – नेपाल सरकारले शुल्क लिएर पिसिआर परिक्षण गर्ने निर्णयको विरोधमा नेपाली कांग्रेस पर्साले विरोध प्रर्दशन गरेको थियो ।

सरकारको निर्णय फिर्ताको मांग गर्दै नेपाली कांग्रेस पर्साले आइतबार वीरगञ्ज स्थित नारायणी अस्पताल अगाडी प्लेकार्ड सहित सरकारको उक्त निर्णयको विरोध गरेका थिए ।

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले कोरोना भाईरस महामारीका कारण आर्थिक संकटमा परेका आम नागरिकको पिसिआर परिक्षणका लागी ५ हजार ५ सय रूपैया शुल्क लगाएर सरकारले जनतालाई थप पिडा दिन खोजिएको आरोप लगाए ।

नारायणी अस्पतालको लागि बीरगंजवासीहरुले चन्दा संकलन गरेर पिसिआर मेसिन खरिद गरेका हुन । त्यसकारण निशुल्क परिक्षण हुनु पर्ने समेत बताए।

विरोध कार्यक्रममा प्रदेश सभासदस्य ओमप्रकाश शर्मा ,बिरगंज महानगर पालिकाका उपमेयर शान्ती कार्की , जिल्ला सचिव श्याम पटेल , क्षेत्रीय सभापति बिजय सराफ, नगर सभापति भोला गुप्ता,दिना गुप्ता ,प्रकाश उपाध्याय , अरविन्द गुप्ता, ललन द्विवेदी,रोशन लामिछाने , रुपा श्रेष्ठ , सुशील खेतान, सुधीर पटेल, बिकेस पटेल,बिवेक कलवार, हुकुम सिंह लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय