जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतिश गोइतको जनकपुरमा श्रद्वान्जली सभा सम्पन्न भएको छ ।

नेपाल इन्जिनियर एशोसिएसन प्रदेश २ ले जनकपुरको जनक चोकमा इन्जिनियर गोइतको अल्पयायुमै मृत्यु भएकाले मृतात्माको चिरशान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरिएको हो । श्रद्वांजली सभामा ठुलो संख्यामा उनका साथी, इन्जिनियर, यूवा र समाजसेवीहरुको उपस्थिति थियो ।

इन्जिनियरहरुले घटनाको छानविन गरी दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

धनुषाको कमला नगरपालिकाका ५ घर भएका
उनको २५ वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गएपछि आफन्त र साथी उनको निधनले मर्माहत भएका छन् । उनी जिवनप्रति निकै आशावादी सोच राख्ने इन्जिनियर थिए ।

उनका साथीले सामाजिक सञ्जाल मार्फत निधन प्रति दु:ख ब्यक्त गरेका छन् । धनुषा क्षेत्र २ बाट निर्वाचित साँसद उमाशंकर अरगरियाले समेत श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय