खेलने क्रममा गएका खाेलामा राेहन डुबेर मृत्यु अवस्थामा देखापरेको बताए

धनुषा । धनुषाको सबैला नगरपालिका वडा नम्बर -१ स्थित बस्दै आएको रन्जित मालीको छोरा १८ महिने रोहन कुमार मालीको सबैला स्थित एक खोलामा डुबेर मृत्यु भएको छ।

बुधबार बिहान करिब १२ बजेको समयमा रोहन खेलने क्रममा खोला नजिक पुगेको थियो । रोहन धेरै बेरसम्म घर नफर्केपछी उनको खोज तलाश सुरु भएको थियो ।

खोज्दा खोज्दा रोहनको शव ३ बजेको समयमा खोलाको पानीमा मृत अवस्थामा भेटाएको थियो । रोहनको मृत्यु खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको स्थानीयले बताएको छ।

यता, रोहन मृतक शवको मुचुल्का उठाएर बच्चाको शवलाइ परिवारको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय