केपि ओली बिचार समुह वा केपि ओली फाउन्डेशन दर्ताको तयारी
ओलीका युवा भन्छन– हामीलाई पिठयुको छाला उखेलेर जुता बनाउन आँउछ

जनकपुरधाम / नेकपा धनुषामा बिबाद झनझनै बल्झिदै गएको छ । नेकपाको भातृसंगठनका दुवै पक्षका युवाहरु एक अर्काको प्रतिवाद गर्दै कडा शब्दहरुको प्रयोग समेत गर्न थालेका छन् । गत शुक्रवार प्रचण्ड–नेपाल पक्षका युवाहरुले जिल्ला पार्टी सचिवलाई ज्ञापन पत्र बुझाउदै ओलीको पक्षले गरेको मोटरसाइकल जुलुसको प्रतिवाद मात्र गरेनन पार्टीको निर्णय बिना कुनै पनि नारा जुलुस गरे घर घरमा पसेर हात खुट्टा भाच्ने चेतावनी नै दिए । प्रतिउतरमा आज ओली पक्षधर युवाहरु पिठयुको छाला निचोरेर जुता बनाउने चेतावनी दिएका छन् ।

प्रचण्ड पक्षको सो चेतावनीपुर्ण समाचार एसपी खवरले प्रकाशन गरेपछि ओली पक्षका युवाहरु आज पार्टी धनुषाका अध्यक्ष राजकिशोर यादवलाई पार्टी कार्यालयमै ज्ञापन पत्र बुझाउदै आपतीजनक शब्द प्रयोग गर्न अर्को पक्षलाई चेतावनी दिएका छन् । ओली पक्षधर युवा संघका नेता दिनेश सिंहले ज्ञापन पत्र बुझाएपछि भने, ‘हामीलाई पिठयुको छाला निकालेर जुता बनाउन आउँछ ।’

युवासंघ धनुषाका सहसंयोजक रामउदगार यादवको नेतृत्वमा ओली पक्षधर एक वडा अध्यक्ष, युवा नेताहरु शम्भु साह, शिवशंकर साह हिरा, सुरेन्द्र भण्डारी, मोहम्मद रियाज, धमेन्द्र मण्डल, पुर्व वाइसिएल अध्यक्ष प्रमोद मण्डल, जोगी यादव सहितका युवाहरुको सहभागिता थियो । अर्को पक्षले पार्टी जिल्ला सचिव दिपक यादवलाई ज्ञापन पत्र बुझाएका थिए भने ओली पक्षले पार्टी अध्यक्षलाई बुझाएका छन् । अध्यक्ष ओली र सचिव प्रचण्ड समुहका हुन ।

केपि ओली बिचार समुह वा केपि ओली फाउन्डेशन दर्ताको तयारी

ओली पक्षधर युवाहरुले केपि ओलीको नाममा केपि ओली फाउन्डेशन वा केपि बिचार समुह नामक संस्था समेत दर्ताको तयारी गरिरहेको स्रोतले जनाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारीसंग केहि युवाहरु भेटेर त्यस विषयमा कुराकानी भएको र प्रधानमन्त्रीको नाउँमा संस्था दर्ता हुन्छ की हुदैन भन्ने विर्मश समेत भएको बताइएको छ ।
copy sp khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय