काठमाडौँ ।
सार्वजनिक सवारी सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा यातायात सम्बन्ध मजदुर संगठनहरुले कार्यदल गठन गरेका छन् ।

शनिबार ललितपुरमा बसेको संयुक्त बैठकले सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्न भन्दै ४ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलले लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण सवारी साधनहरु सुरक्षित रुपमा सञ्चालनका लागि आवश्यक पहलकदमी गर्ने बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कार्यदलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका कार्यवहाक अध्यक्ष दिपक केसी रहेको जनाईएको छ ।

व्यवसायी र मजदुर संगठनले यथास्थितिमा सवारी साधनहरु सञ्चालन गर्न नसिकने भन्दै उपयुक्त वातावरण बनाउन सरकारसमक्ष अनुरोधसमेत दोर्होयाएका छन् । २३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका आवश्यक मापदण्ड र्पुयाइ काठमाडौं उपत्यकाकाभित्र र बाहिरका जिल्लाभित्र मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि शुक्रबार महासंघले आफ्ना सर्त सरकारले पूरा नगरेको भन्दै तत्काल यातायातका साधन नचलाउने निर्णय गरेको थियो ।

सरकारले कोभिड १९ को महामारी नियन्त्रणका लागि गत चैत ११ देखि लागू गरेको लकडाउनका कारण सार्वजनिक सवारी साधनहरु चलेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय