औषधीको पहुँच नहुनु नगरका मेयर र नगरपालिकाका प्रशासनको गैर जिम्मेवारीपूर्ण अनुहार उदाँगो बनाएको छ ।

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा यतिबेला प्रमुख प्रशासकीय अधिकृत यज्ञराज भट्ट, मेयर विजय शंकर साह र उपमेयर निलु देवी कापरबीचको विवाद चर्किरहँदा सरकारी अस्पतालमा पनि औषधी किन्न लगाएको रहस्य बाहिर आएको छ ।

सबैला नगरपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीहरुसँग औषधी किन्न लगाएको रहस्य बाहिर आएको हो । उपचारको लागि गएका एक व्यक्तिसँग पसलबाट औषधी किन्न लगाएको आरोप लगाइएको छ ।

स्थानीय एक व्यक्ति उपचारको लागि अस्पताल जाँदा यहाँ औषधी नरहेको भन्दै पसलबाट औषधी तथा ब्यान्डेज पट्टिको समान किन्न लगाएको बताएका छन् । अस्पतालका चिकित्सकले अस्प्तालमा केही नभएको बताउँदै सबै समान किनेर ल्याउन अह्राएका थिए ।

स्थानीय सत्यनारायण यादवले खुट्टाको औलामा घाउ भएको भन्दै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा गएको बताउँदै त्यहाँ गएपछि औषधी र पट्टीको समाग्री केही पनि नभएको प्रतिक्रिया दिएको बताएका छन् ।
उनले अस्पतालका डाक्टरलाई उदृत गर्दै यादवले भने,–“घाउको पट्टि लगाउन अस्पताल गए । तर डाक्टरले भन्यो यहाँ केही पनि छैन । नगरपालिकामा जानुस । नगरपालिकाले केही पनि किनेको छैन । औषधी पसलबाट सबै समान किनेर ल्याउनु म पटिट् गरिदिन्छु । तर मसँग पैसा पनि थिएन , पैसा मगाएर मलहम पट्टि किनेर पट्टि गराए ।”
सबैला नगरपालिकामा मेयर विजय शँकर प्रसाद साहले एकलौटी र तानाशाह प्रवृति देखाएको भन्दै उपमेयर निलु देवी कापर असन्तुष्ट छिन् । मेयर र प्रमुख प्रशासकीय अधिकृत यज्ञराज भट्टले उपमेयरको गाडी खोसेको भन्दै विवाद चुलिएको हो ।

सोही विवादका कारण विकास निर्माणको अवस्था अस्तव्यस्त भएको छ भने स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई पनि महामारीमा अस्तव्यस्त बनाएको देखिएको छ ।
महामारीको बेलामा पनि अस्पतालमा औषधीको पहुँच नहुनु नगरका मेयर र नगरपालिकाका प्रशासनको गैर जिम्मेवारीपूर्ण अनुहार उदाँगो बनाएको छ ।

यस सन्दर्भमा नगरपालिकाका स्वासथ्य सँयोजक सहित फोकल पर्सन राखिएको राम दुलार यादवसँग भने सम्पर्क हुन सकेनन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय