जसरी हरेक क्रियाको प्रतिक्रिया, हरेक कार्यको परिणाम सकारात्मक एवं नकारात्मक हुन्छ, ठिक त्यसरी नै भाग्यको पनि दुई पाटो हुन्छ भाग्यमानी र अभागी ! कुनै पनि मनुष्यको चिन्तन, क्रियाकलाप, प्रवृत्ति, संस्कार र कर्म कै हिसाब ले उसको भाग्य निर्धारण हुन्छ । तर कहिलेकाहीँ सकारात्मक एवं उच्च विचार भएका ब्यक्तिको पनि प्रस्थितिबस या षड्यन्त्रबस ईतिहासका पानाहरुमा नकारात्मकताको मसिले लिपिबद्ध गरिएको तथ्य प्रसस्तै भेटिन्छ । त्यस्तै जनप्रेमी, राष्ट्रभक्त, कर्तव्यपरायन, निस्वार्थ ब्याक्तित्वलाई अभागी भनिन्छ ।

हुन त यस संसारमा हजारौं-लाखौं ज्ञानेन्द्र होला, नेपालमा पनि हजारौंका नाम ज्ञानेन्द्र छन, त्यो मध्ये म पनि एक हुँ ! मेरे हजुरबुबा (Grandfather) मलाई ज्ञानेन्द्र भनेर बोलाउनु हुन्थ्यो, वहाँको नाम महेन्द्र थियो, वहाँ ४ साल पुर्व स्वर्गावास हुनुु भो ! तर म यहाँ, आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाहका बंशज, शाह बंशको कलंकका रुपमा प्रचारित अन्तिम शाहबंशीय राजा ज्ञानेन्द्रको चर्चा गर्न गईरहेको छु ! उनको हालसम्मको जिवनकालको सुक्ष्म अध्यन एवं विश्लेषण गर्ने हो भने लाग्छ कि कालचक्र ले बडो निर्मम एवं कठोर प्रहार गरेको छ वहाँ माथि । समयको माँग, राष्ट्र एवं जनता प्रतिको उत्तरदायित्व निर्बाह कै क्रममा विभिन्न षड्यन्त्र एवं कपोकलपित नकारात्मक प्रचार-प्रसार एवं प्रहार मै आफ्ना सारा जीवन ब्यतित गर्ने एक राजाको नाम हो ज्ञानेन्द्र । अबोध बाल्यकालमा आफ्नो शारीरिक वजन भन्दा भारी/गरुँगो राजमुकुट (श्रीपेच) जब उनको शिरमा सु-शोभीत गरियो तब साएद उनलाई थाहा पनि थिएन कि उनी आफ्ना पिता र ठुल-दाई (स्व. राजा बिरेन्द्र) भन्दा पहिला नै राजा बन्दै छन् , र जब त्यही श्रीपेच उतारेर उनका पिता (स्व. राजा महेन्द्र) को शिरमा सु-शोभीत गरियो तब पनि साएद उनीको समझमा केही पनि आएन होला र के हुँदैछ भनेर सोंचन सकेनन् होला । युवा अवस्थामा एक राजकुमारको काम, कर्तव्य र उत्तरदायित्वको धेरै नै कुशलता पुर्वक निर्वाह गर्दै आफ्नो बुवा र जेष्ठ भ्राता/ठुल-दाईको राजकालमा यथोचित सल्लाह, सुझाव एवं सहयोग गर्नुको साथसाथै अन्तर्राष्ट्रिय राजनीतिको माहिर खिलाडीको रुपमा आफुलाई स्थापित गराउन सफल ज्ञानेन्द्र ब्यक्तिगत जीवनमा एक सफल अन्तर्राष्ट्रिय स्तर के ब्यापारी पनि हुन ।

नेपाली राजनिती र विश्व राजनीति एवं परिवेशलाई सुक्ष्म अध्यन एवं विश्लेषण गर्ने राजा ज्ञानेन्द्र कहिलेपनि प्रत्यक्ष-अप्रत्यक्ष रुप ले अनावश्यक हस्तक्षेप गरेनन्, जबसम्म राजा बिरेन्द्र जिवित थिए । त्यसैले उनी कहिल्यै कुनैपनी तवरले सकारात्मक या नकारात्मक सार्वजनिक चर्चाका पात्र पनि बनेन्न । तर बिधीको बिधान भनौं या समयको कालचक्रले कठोर प्रहार भनौं रहस्यमय ढंगले अकल्पनीय, दुखदायी, निर्मम एवं कठोर दुर्घटना बस जब राजा बिरेन्द्रका स-परिवार सहित बंशनाश (हत्या) भयो तब राजधर्म र तत्कालीन राजगद्दी सम्बन्धित नियम-कानुन-ब्यवस्थाको तहत नचाहदै पनि ज्ञानेन्द्रलाई गद्दी-आसिन हुनु पर्यो ! पारिवारिक दुखान्त ले आघात ज्ञानेन्द्रको काँधमा जिम्मेवारीहरु एवं आशाहारुको जवाफदेहिताको रुपमा देशमा माओवादी स-शस्त्र आन्दोलनको कारण हत्या, हिंसा, अराजकता, विध्वंसले खौफ एवं त्रासले ग्रस्त देश र जनता अन्धकारमय भुत-वर्तमान र भविष्यको एक उज्ज्वल भविष्यको पनि जिम्मेवारी थियो । परन्तु, तत्कालीन राजदरबारका महामुर्खहरु एवं उच्च-स्वार्थीहरुको झुन्ड एवं मुण्ड र तत्कालीन संसदीय दलहरुको असक्षमता एवं असफलताको परस्पर स्वार्थ सिद्धीको टकराव कै कारण तत्कालीन मन्त्रीपरिषदको सिफारिसमा संसद विघटन हुनु , माओवादी स-शस्त्र आन्दोलन अप्रत्याशित आक्रमक हुनु, देशी तथा बिदेशी शक्तिहरुको अप्रत्याशित षडयन्त्रपूर्ण हस्तक्षेप एवं कपटपूर्ण गैरकुटनीतिक गतिविधीहरु एवं अनैतिक हस्तक्षेप तिब्र हुनु, राजा ज्ञानेन्द्रलाई भाईमारा, तानाशाह, क्रुर, प्रजातन्त्र बिरोधि, राष्ट्रघाती लगायतको अनेकौं कपोलकलपित निराधार आरोप, प्रत्यारोप, लालछना लगाउनु र प्रचार-प्रसार हुनु, तत्कालीन संसदीय दलहरुको मोर्चाबन्दी र पछि भारतको प्रत्यक्ष हस्तक्षेप-सहयोग-सहकार्य-सद्भाव-सक्रियता मै संसदीय दलहरु र माओवादीको बिच १२ बुँदे दिल्ली समझौता हुनु र निर्णायक “जन-आन्दोलन” का बिगुल बजाईनु, संसद पुनःस्थापना, राजाका अधिकार कटौती एवं राज संस्थालाई निलम्बित गरिनु, बृहत शान्ति समझौता, संविधान सभा निर्वाचन, बृहत असन्तुष्टिको बिच सयकडौं निर्दोष जनताको हत्या गर्दै संविधान निर्माण गरिनु लगायतको अनेकन राजनीतिक एवं संवैधानिक कागजी उपलब्धिहरु शिर्ष राजनीतिक नेतृत्वले हासिल गर्न सफल भए। नेपालमा एक देशभक्त शक्तिलाई विस्थापित गरेर “छोटे-राजाहरु” को बिगबिगी चारैतिर स्थापित गराईयो ।

तर आन्दोलनको मुल-मर्म, सहिद र सहादतको अवमूल्यन गर्दै नातावाद, कृपावाद, परिवारवाद, चाकरीवादको साथसाथै नापतौल र खरिदबिक्री मै सिमित नेपाली राजनीति कै कारण नेपाल “आर्थिक आतंकवाद” र “राज्य प्रायोजित आतंक” को गोचचक्र एवं गणेश परिक्रमा मै सिमित गणतन्त्र, धर्म-निरपेक्षता एवं संघीयता र यिनका स्वघोषित ठेकेदारहरु आफुलाई श्री ३ सरकार घोषणा गर्दै सत्ता सुख-शैल मै मदमस्त गराए ।

गम्भीर दुर्गामी षड्यन्त्रका सिकार “अभागी एवं कलंकित ज्ञानेन्द्र” राजमुकुट (श्रीपेच) र राजगद्दी त आम नेपाली जनतालाई जिम्मा लगाए तर उनको रगतको हरेक थोपामा बगिरहेको राज-धर्म, जनता प्रतीको उत्तरदायित्व र जनसेवा एवं राष्ट्र सेवाका भावलाई मिटाउन सकेनन् एवं त्यसबाट पन्छिनसकेन्न । कुनै पनि बेला उनको नजरमा या बिचारमा राष्ट्र र जनता प्रति कोई खतरा या विपदको बोध हुन्छ उनका आँखाबाट आँसुका थोपाहरु छल्किन्छ नै र “प्रेस नोट” को रुपमा उनको मन-मस्तिष्कका भाव उनको सचिवालयबाट देश र जनता सामु आउँछ नै ! गद्दी-च्युत भएपछि पनि प्रत्येक्ष-अप्रत्यक्ष रुपले निरन्तर राष्ट्र र आफ्नो कुलको गरिमालाई उच्च राख्दै “सेवा पर्मो धर्म” र “धर्मो रक्षती रक्षित:” को सिद्धान्त: निरन्तर क्रियाशिल राजा ज्ञानेन्द्रको सेवाभावलाई जहाँ पूरा राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रुपले लिँदै छन त्यहीँ नेपालका सर्वसत्तावादी कुन्ठित बिचारधाराले ग्रस्त निशेधको राजनीतिका मतियारहरु स्व-घोषित राजनीतिक खिलाडी एवं गणतन्त्रवादी देश-बेचुवा राष्ट्रघाती एवं जनघाती दानवहरु कुनै न कुनै नकारात्मक टीका-टिप्पणी गर्न पछि पर्दैनन् । गणतन्त्रको जडा यतिका कमजोर र खोखला छ कि राष्ट्र र जनता माथि आएका कुनैपनि प्रकारको बिपद/संकटमा अग्रपंक्तिमा रहेर जब राजा ज्ञानेन्द्र आफ्नो हैसियतले तदारुपताको साथ जनसेवा/राष्ट्रसेवामा आफ्नो योगदान गर्छन् या देश र जनताको बेहाल, अब्यवस्था, भ्रष्टाचार, अनैतिकता लगायतको कमि-कमजोरीहरु माथी कुनै सकारात्मक टिप्पणी गर्छन् तब नेपालको राजनीतिकबृतमा भूईचालो झै जान थाल्छ र यि बहुरुपीयाहरु तथानाम भुक्न थाल्छन् । परन्तु, गणतन्त्र एवं धर्म-निरपेक्षता र अबैज्ञानिक संघीयताको अब्यवस्थित अब्यवस्था एवं बिकृतीले तंग एवं बिछुब्द्ध आम नेपाली जनता अब फेरी आफ्नो आशा र भरोसाले भरेको आँखा “निर्मल निवास एवं राजा ज्ञानेन्द्र” तिर टकटकी लगाएर बसेका छन् ।

यहि समयमा राजनीति, कुटनीती, मित्रता, सौहार्दता, सहयोग, समानताको सबै सिमा नांधेर कुटिलता, षड्यन्त्र, अतिक्रमण, औपनिवेशिकता कै कु-चक्रमा फसाउने पुरानै दुस्साहस र रणनीति तहत नेपालको “धर्म-निरपेक्ष संघीय लूटतान्त्रिक GUNतन्त्र” शासन-ब्यवस्थाको निर्माता-निर्देशक-लेखक-छायांकन-लगानीकर्ताहरु खुलैर आएका छन ! धन्यवाद छ सबैलाई, अब हामी राम्ररी सुक्ष्म विश्लेषणका साथ हेर्दै छौँ, बुझ्दै छौँ, चिन्दै छौँ !

“स्वागत छ, EU Vs India Vs China Vs USA लाई” !

ओली र नेपालका 4 वटै अंगमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी सबै (तथाकथित सम्पूर्ण राजनीतिक दल समेत) त गोटी मात्र हुन ।

आम नेपाली जनता चारै कित्ताका पसना मात्र ! स्मरण रहोस् पसनाले नै जीत सुरक्षित एवं सुनिश्चित गर्छ, किनभने उ हमेशा निर्णायक हुन्छ, जनता नै जनार्दन हुन त्यसैले त जनता-जनार्दन भनिएको हो ।

आधुनिक नेपाल निर्माताका वंशज राजा ज्ञानेन्द्र त रेफ्री र जज भए आखिर राजा न हुन, नेपालका आम जनताको ढुकढुकीमा बस्छन ! देश र जनताका आशाका अन्तिम केन्द्र भनेकै उनी नै हुन । त्यसैले त देश-बेचुवा राष्ट्रघातीहरु भन्छन् “जनादेश-पालक राजा ज्ञानेन्द्रलाई मुर्दावाद” ? किन तिमी राष्ट्रभक्त भयौ ? तिमी पनि देश-बेचुवा भइ दिएको भए हुन्थ्यो नि, यतिका बिजोग त पक्कै पनि देख्नु त पर्दैन थियो होला ? वर्षैपिच्छे सहिद त हुनुपर्दैन थियो होला कि ? सेनाले जुत्ता उठाउन त पक्कै पनि पर्दैन थियो होला, देश बेचिएको साक्षी त पक्कै पनि बन्दैन थियो होला । शाही नेपाली सेनाका जन्मदाताका वंशज एवं सर्वोच्च-कमाण्डर नै सेना कै अत्ति नै विशेष एवं सर्वोच्च-सुरक्षामा रहे-बसेको अवस्थामा मारिनुको कलंकले कलंकीत हाम्रो सेना सँग केही आशा गर्नु भन्दा ठूलो मुर्खता के नै हुनसक्छ र ? अन्याय, अधर्म, राष्ट्रघात, जनघात, देशद्रोह गरेको हेरेको सहेको साक्षी बनेको सबै बराबर कै दोषी हुन । नेपाल नै नरहे हामी नेपाली कहाँ रहौँला ?

अदालत/न्यायलय को त कुरै नगरौं, जो आफ्नो आदेश पालन गराउन सक्दैन उ सँग के आश गर्नु ?, राजनीतिक भर्ती केन्द्र र माफियाको प्रभावले भ्रस्त बिमार/रोगी, लाज लाग्छ कि नेपालमा सर्वोच्च अदालत पनि छ भन्नमा ! अपराधीहरुको संरक्षक एवं निमुखा जनताका लागि तानाशाह एवं प्रगतिशील पक्षका हत्याराहरुको पक्षपोषण एवं पृष्टपोषक !

त्यसैले आज आम नेपाली सँग म सोध्न चाहन्छु,

हे नेपाली तिमी के पायौं ?

नेपाल आमालाई धुरु-धुरु रुवायौ !

लोकतन्त्रको नाममा लूटतन्त्र भित्रायौ !

गणतन्त्रको सपनामा GUNतन्त्र मै रमायौ !

हे नेपाली तिमी के नै पायौ ? -२

शान्तिको नाममा राजनीतिलाई नै अपराधीकरण गरायौ,

समानताका नाममा साम्प्रदायिकता अपनायौ,

संघीयताको नाममा भ्रष्ट विखण्डनवाद जन्मायौ,

स्व-शासन कै नाममा वाद-वादी र कु-शासन फस्टायौ,

हे नेपाली तिमी के नै पायौ ? -२

स्थायीत्वको नाममा २/३ जनमत दियौ,

त्यही २/३ जनमतले बितण्डा मच्चायो,

तथाकथित प्रतिपक्षी कमिसन मै रमायो,

असना-पसना, ऐल्चा-बेल्चा सबै उखान-टक्काले नै उडायो,

हे नेपाली तिमी के नै पायौ ? -२

स्वाधीनताको नाममा पराधीन बनायौ,

आत्मनिर्भरताको उल्टो विदेशी बाजारको लत लगायौ,

सार्वभौमसत्तालाई पद-पैसा-पहुँच सँग साट्यौ,

भोकभोकै जनता मारेर आफू पाँचतारे धाउने नेता जन्मायौ,

हे नेपाली तिमी के नै पायौ ?

चीनले अमेरिका धम्काउन कोरोना बनायो ?

त्यही कोरोनाले पूरा दुनियाँ हल्लायो,

मानव सभ्यतालाई नै खलबलायो,

दुनियाँलाई थुनी कोरना विश्व भ्रमणमा रमायो,

हे नेपाली तिमी के नै पायौ ? -२

भूमि बिनाको संविधान बनायौ,

न्वारान देखि आर्यघाटसम्मको यात्रा विवरण लेख्यौ,

जात्रै-जात्रा काण्डै काण्डको शासन ब्यवस्था बनायौ,

१० अर्व खर्चेर कोरोनाको औषधि हाँछ्यु-साँछ्युँ-तातो पानी-बेसार पत्ता लगायौ,

हे नेपाली तिमी के नै पायौ ? -२

यहाँ वास्तविकता बुझ्ने र सार्थक सोंच्ने फुर्सत कसलाई छ र ?

यहाँ त विरोधका लागि विरोध गर्ने र उखान-टुक्कामा रमाउने धेरै भए ?,

यहाँ त जुनुनी यतिसम्म भएकी राष्ट्रघातलाई नि राष्ट्रवाद देख्न थाले ?

यहाँ त देश-बेचुवाहरु राष्ट्रवादी भए राष्ट्र बचाउनेहरु राष्ट्रघाती ?

यहाँ त जनमत र जनतन्त्रको दिनहाडै बलात्कार गर्ने र सहि बस्ने धेरै भए ?

हे नेपाली तिमी के नै पायौ ? -२

वर्षै पिच्छे सहिदको सुची बढायौ,

जनता झुक्याई नाता-गोता मोटायौ,

एक राजा फालेर लाखौं राजा भित्रायौ,

जनताको शासनका नाममा विदेशीलाई सिंहासन दिलायौ,

हे नेपाली तिमी के नै पायौ ? -२

“जनादेश-पालक, प्रजावत्सल, धर्म-शिरोमणि, जनतन्त्र-प्रेमी, राष्ट्रभक्त, हिन्दु-सम्राट, शाहवंशका दिपक, आधुनिक नेपालका धरोहर श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकारको सु-स्वास्थ्य, दिर्घायूको कामना साथ जन्मदिनको लाखौं-लाख शुभकामना” !!

धन्यवाद !

डा. मनोज मुक्ति “विवेक”

(डा. मनोज कुमार झा)

राष्ट्रिय अध्यक्ष

जनतान्त्रिक तराई मुक्ति मोर्चा

राष्ट्रिय संयोजक

राष्ट्रिय जनतान्त्रिक गठबन्धन

एवं

#राष्ट्रबचाउअभियान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय