जनकपुरधामः जनकपुरधामको रेल्वे स्टेशन नजिक रहेको धनुषा अस्पतालको लापरवाहीले बच्चाको मृत्यु भएको भन्दै परिवारजनले विरोध जनाएका छन्।

बच्चाको दुई दिनअघि मृत्यु भएपनि आज(आइतबार)सम्म विभिन्न चेकजाँच र औषधी खरिद गर्न लगाइएको आरोप परिवारजनले लगाएको छ।

धनुषा जिल्लाको सबैला नगरपालिका ठिल्लाकी चन्द्रकला साहले बुधबार साँझ साढे सात बजे अस्पतालमा बच्चा जन्माएकी थिइन्।

बच्चालाई अस्पतालको आइसीयूमा राखिएको थियो। आइसीयूमा राखेदेखि परिवारजनलाई बच्चासँग भेट्न नदिने गरिएको थियो। विभिन्न सोर्सर पैरवी पछि शुक्रबार विहान परिवारजनलाई बच्चालाई भेट्न दिइएको परिवारका सदस्यहरुले बताएका छन्।

‘बच्चा जन्मेको भोलि पल्ट निकै प्रयासपछि एक छिन्का लागि बच्चालाई भेट्न दिइएको थियो। त्यसपछि सोर्सपैरवी गरेर शुक्रबार भेट्न दिइयो। शनिबार र आज(आइतबार)सम्म भेट्न दिइएन।’ बच्चाका बुबा विजय साहले भने।

‘सँधै उपचार र औषधिको बाहाना लगाएर भेट्न दिइएन। आज (आइतबार) दिउँसो १० बजे पनि बच्चालाई भेट्न खोजे तर डाक्टर आएपछि मात्र भेट्न दिने भनियो।’ साहले भने,‘त्यसपछि चार बजे फेरी आएँ र बच्चालाई भेट्न खोजे तर दिइएन। लुकेर झ्यालबाट हेर्दा बच्चाको मृत्यु भइसकेको थियो।’

बच्चाको मृत्यु भएको थाहा पाएपछि परिवारजनले विरोध जनाइरहेका छन्।

मृतक बच्चाका आफन्तले दुई दिन पहिले नै बच्चाको मृत्यु भएपनि अस्पतालले आजसम्म विभिन्न चेकजाँच र औषधि खरिद गर्न लगाएको आरोप लगाएका छन्।

यता अस्पताल प्रशासनले भने आइतबार दिउँसो १२ बजे उपचारकै क्रममा बच्चाको मृत्यु भएको दाबी गरेको छ।

अस्पतालको लापरवाहीले बच्चाको मृत्यु भएको भन्दै परिवारजनले अस्पतालमाथि कारवाही र राहतको माग राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय