जनकपुरधाम / प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा र उपचारको अभावमा मृत्यु भएका राजु सदाको परिवारलाई प्रदेश नं. २ सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले आर्थिक सहयोग गरेका छन् । मुख्य न्यायधिवक्ता दिपन्द्र झा पिडितको घरमै पुगेर जनही २५ हजार रुपियको दरले शम्भु पत्नी मनिता देवी सदा र राजुको आमालाई निलम देवी सदालाई सो रकम हस्तान्तरण गरेका हुन ।

मुख्य न्यायधिवक्ताले व्यक्तिगत रुपमा यो आर्थिक सहयोग गरेको हो । आज हंसपुर नपा–७ प्रसाही स्थित राजु सदाको परिवारको अवस्था बुझेको थियो भने सबैला नपा– १२ बरकुर्वा स्थित शम्भु सदाको परिवारको अवस्थाको वारेमा जानकारी लिनु भएको छ ।
शम्भु सदाको हकमा मुख्य न्यायधिवक्ताको कार्यालयले ३ सदस्यी छानवीन समिति समेत गठन गरि छानवीन समेत गरिसकेका छन् । शम्भु सदाको न्यायको लागि पहल गरिरहेको र ५लाख क्षतिपुर्ति प्रदेश सरकार दिने घोषणा गरिसकेको छ । शम्भु सदाको पत्नी नागरिकता बनाउने प्रकृया रहेकोले सो रकम पाउन ढिलो भएको हो । नागरिकता बनाउनमा सहयोग गरि दिन मुख्य न्यायधिवक्ता झाले आफ्ना कर्मचारी निर्देशन समेत दिनु भएको छ । शम्भुको पत्नीलाई रोजगारको लागि स्थानीय सरकारसँग आग्रह गर्ने बताउनु भयो ।
आर्थिक, सामाजिक, साँस्कृति र शैक्षिक रुपमा अति नै पछाडि पारेका मुसहर समुदाय हुन । त्यसमा पनि घरको जिम्मेवार छोराहरु गुमाएका परिवारको आर्थिक अवस्था दैनिय छन् । राजु सदाको वुवा अशेश्वर सदा र आमा डेढ धुर ऐलानी जग्गामा सानो झुपडी बनाए गुजारा गर्दै आएका छन् । ३ जना छोरीहरु पालन पोषण, शिक्षा दिक्षा र विवाह वारी अव अशेश्वरको काधमा परेका छन् । दैनिक मजदुरी घर परिवार पाल्नु पर्ने भएको अन्य आम्दानीको श्रोत नभएकोले मुख्य न्यायधिवक्ता साउनदेखि कार्यालय सरसफाइ गर्ने कार्यको लागि रोजगारी दिने आश्वासन दिनु भएको छ । रोजगारीको कुरा सुनेर पीडामा रहेका राजु सदाको आमा वुवाको अनुहारमा खुसी देखिएका थिए ।
गत जेठ २८ गते विहान २ वजेको समयमा इलाका प्रहरी कार्यालयको शौचालयमा शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेलाको थियो । प्रहरी हिरासतमा कसरी मृत्यु भएको भनि पीडित पक्षबाट न्यायको लागि दलित समुदायहरुले सोही दिनदेखि आन्दोलनमा छन् ।
त्यस्तै रोजगारीको क्रममा भारतको मद्रास पुगेका राजु सदाको कोभिड–१९ कारण भारत सरकारले लक डाउन गरेपछि रोजगारी गुमाएका राजु सदा सहित ९ जना गत जेठ १४ गते नेपाल फर्केका थिए । नेपाल आएका उनीहरुलाइै सोही दिनदेखि हंसपुर नपाले संचालन गरेको क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनमा विरामी परेका राजुको प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपचार नपाएर असार ९ गते मृत्यु भएको थियो । यस घटनामा पनि दलित संघर्ष समितिले आन्दोलनको कार्यक्रम तय गरि आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय