वीरगंज २० अषाढ । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा ढलानमाथी ढलान भए पनि कंची सडक नबनेकाे सथानियहरुले गुनासाे गरेका छन् ।

वडा अन्तर्गतकाे ठूलाे पिपरास्थित बाईपास सडक देखी सन्त साह तेली, धुरेन्द्र पण्डित, सत्यनारायण कुर्मी, देवलाल कुर्मीकाे घर हुदै देव कुमार साहकाे घर सम्मकाे कच्ची बाटाे लामाे समय देखी खराब हुदा बन्न नसके पनि ढलान सडकमाथी ढलान कार्य भइरहेकाे छ ।

स्थानियहरुका अनुसार साेही ठाउँमा शिवनाथ साहकाे घरदेखी सन्जय साहकाे घर हुदै रेणुका पेट्राैल पम्प बाइपास सडक सम्म ढलान पक्की सडकमा पुन: ढलान कार्य भइरहेकाे छ ।

वडाध्यक्ष भरत राउत कुर्मीसंग बिग्रेकाे सडक निर्माण गरिदिन बारम्बर माैखिक आग्रह गर्दा निर्माण हुन नसकेकाे स्थानिय रन्जित प्रसाद पटेलले गुनासाे गरे ।

उनले संचारकर्मीहरुसंग कुरा वडाध्यक्ष कुर्मीकाे साथै संघिय सांसद प्रदिप यादव, प्रदेश सांसद जन्नत अन्सारीसंग पनि बिग्रेकाे सडक बनाइदिन आग्रह गर्दा पनि उहाँहरुले पनि आश्वासन मात्र दिएर जाने गरेकाे गुनासाे गरे ।

सडक बिग्रेका कारण बर्षातकाे समय आउन जान ग्राहाे हुने गरेकाे अर्का स्थानिय बिनेश प्रसाद कुर्मीले वताए । संचारकर्मीहरु बिग्रेकाे सडक देखाउदै सडक निर्माणकाे लागि याेजना संकलन भए पनि निर्माण हुन नसकेकाे कारण बुझ्न नसकेकाे दु:खेसाे पाेखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय