जनकपुरधाम, असाढ १८ । जनकपुरधाम उप–महानगरपालिका–१३ का वडाध्यक्ष शुभ नारायण मण्डलका छोरा रोशन मण्डल एक दलित महिलामाथि बलात्कार गर्न खोजेको आरोप लगाइएको छ । सोहि वडाका एक राउत महिलालाई उनकै घरमा वडाध्यक्ष मण्डलका छोराले बलात्कार गर्न खोजेको ती महिलाले आरोप लगाएकी छिन् ।

उनीहरु हिजो जिल्ला प्रहरी कार्यालय धनुषामा दिन भरि उनको विरुद्धमा जाहेरी दर्ता गराउन प्रयास गरिएपनि प्रहरीले भने जाहेरी दर्ता गरेनन् । पहिला जाहेरी दर्ता गर्ने भनिएपनि पछि महिला सेलमा पठाई मिलापत्र गर्न भनिएको पीडित महिलाका श्रीमानले जानकारी दिए ।

स्थानीय राउत महिलाले मधेश टुडे संगको कुराकानीमा भनेकी छिन्–‘रोशनको पहिला देखिनै ममाथि खराव नजर हुँदा पनि मैले कुनै बास्तानै गरिनन् । तर, अस्ति उसले मेरो घरमै आएर मलाई बलात्कार गर्ने प्रयास गरे ।’

उनलले भनिन–‘मेरो पापा विरामी छन्, रोशन मेरो घरमा आएल मलाई पलंगमा लडाई दिए, मलाई बलात्कार गर्ने प्रयास गरे जव म चिल्लाउन थाले मेरो पापाले उनलाई रोक्ने प्रयास गरे तर, उनले मेरो पापालाई पनि धेरै पीटे, हो हल्ला भएपछि बजारमा समान ल्याउन गएका मेरो श्रीमान पनि आए रोशनले उनलाई पनि पिटे, मेरो अनुहारमै थप्पर हान्दा मेरो मुख र नाकवाट रगत बगेको थियो ।’

यति हुन्जेल सम्म स्थानीयय युवाहरु त्यहा पुगेका थिए । वडाध्यक्ष शुभनारायण मण्डलका छोरा रोशनको दादागिरी बढेको भन्दै त्यहाका युवाहरुले मुजेलिया प्रहरीमा खवर गर्दा मिलापत्र गरिने दवाव पीडितलाई दिइयो । तर, रोशनको अवस्था सुध्रने बला छैन् भन्दै पीडित र स्थानीयहरु जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन हिजो दिन भरि मसक्कत गरे ।

पहिला जाहेरी दर्ता गछु भनेका प्रहरीले पछि महिला सेलमा मिलापत्र गरिहाल्नकोलागि दवाव दिएको पीडितले आरोप लगाएका छन् ।
यता, वडाध्यक्ष मण्डलले पीडितलाई फोन गरेर तिमीहरुवाट केही हुनेवला छैन् भन्दै धम्काउँदै आएका पीडितले आरोप लगाएका छन् । वडाध्यक्ष मण्डलका छोरा रोशनको रवैयावाट वडा नं. १३ का स्थानीयहरु आजिज भई सकेको स्थानीयबासीहरुको आरोप छ ।

पीडितले आफ्नो समस्यामा सहयोग गर्न महिला अधिकारबादी संघ संस्था, दलित अधिकारकर्मी लगायतका संघ संस्थालाई गोहारेका छन् । अहिले सम्म उनलाई सहयोग गर्न कुनै संघ संस्थाहरु अगाडी आएका छैनन् ।

न्युज सभार मधेश टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय