सत्येन्द्र प्रताप सिंह, रौतहट १३ अषाढ।
बम बिस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका रौतहटका दुई जनालाई कारागार चलान गरिएको छ ।बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष पछि पक्राउ परेका रौतहटको ईशनाथ नगरपालिकाको रामपुरखाप निवासी गुलाम सरोवर र दिलीप कुमार साहलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
२०६७ साल चैत्र ११ गतेका दिन गौर बाट चन्द्रनिगाहपुर जादै गरेको ना २ ख ५७२१ नम्बरको यात्रु वाहक बसमा बम विस्फोट गराउँदा १३ जना घाइते भएका थिए ।

घटना पछि फरार रहेका दुवै जनालाइ प्रदेश प्रहरीका टोलीले पक्राउ गरी कार्यवाहिको लागि जिल्ला प्रहरी कार्यालय लाइ जिम्मा लगाएको थियो । सो विष्फोटको जिम्मा तत्कालिन भूमिगत समूह तराई जनतान्त्रीक मुक्ती मोर्चाले लिएको थियो ।अनुसन्धान कार्य सम्पन्न भएपछि बयानको लागि विहिवार अदालतमा उपस्थित गराइएका सरोवर र साह लाइ बयान सकिए पछि अदालतले मुद्दाको कार्यवाही तथा अनुसन्धान गर्नको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय