भिस्वा । सशस्त्र प्रहरीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीबाट आलुमा लुकाई छिपाई ल्यउदै गरेकाे ३ लाख ५५ हजार रुपैयासहित २ जनालाई पक्राउ गरेकाे छ ।

सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट भिस्वा बन्जारीकाे गस्ती टाेलीले भारतबाट आलुमा लुकाई छिपाई ल्याउदै गरेकाे स्राेत नखुलेकाे रुपैया सहित २ जनालाई पक्राउ गरेकाे हाे ।

छिपहरमाई गाउँपालिका वडा नं. २ चरगाहा बस्ने बर्ष ३३ का धनन्जय यादव र साेही ठाउँका बर्ष १९ का रन्जय बैठालाई रुपैयासहित पक्राउ गरिएकाे सशस्त्र प्रहरी बल बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीले वताए ।

निजहरुकाे साथबाट नेरु १०००, ५००, १००, ५०, २०, १०, ५ काे नाेट गरी कुल ३ लाख ५५ हजार बरामद भएकाे उनले जानकारी गराए ।

निजहरुले प्रयाेग गरेकाे बिआर २२ भि ३८२५ भारतिय नम्बरकाे हुण्डा एसपी साइन माेटर साइकलसहित दुबै जनालाई आवश्यक कारवाहीकाे लागि इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाईएकाे प्रहरी निरिक्षक पराजुलीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय