पर्साको छिपहरमाई गाउँपालिकामा सशस्त्र प्रहरीको ज्यादती दिनप्रतिदिन बढ्दै गईरहेको छ /सशस्त्र प्रहरीले दुई जना स्थानिय युवाहरूलाई बिना कारण निर्घात रूपले गुण्डागर्दी शैलीमा लछारपछार गरि कुटपिट गरि दुर्व्यवहार गरेको विरोधमा आज छिपहरमाई गाउपालिका वार्ड नः ५ भिस्वा बजारमा स्थानियहरुले सशस्त्र प्रहरी विरुध्द टायर बालेर प्रदर्शन गरेका छन /

स्थानियहरू आक्रोशित भई ढुङ्गामुडा गर्दै प्रतिकारमा उत्रेका थिए / सशस्त्र प्रहरी का १०-१२ जना रहेका जवानहरुले गाडी रोकी भिस्वा निवासी अजय साह र जहागिर मियाँलाई कूटपिट गरेपछि स्थानिय हरू प्रतिकारमा उत्रे अछि केही बेर तनाव समेत भएको थियो /स्थानियहरू भीस्वा चौकमा जम्मा भई प्रतिकारमा उत्रे पछि सशस्त्र प्रहरीले गाडीमा चढी भागेको स्थानियहरुले बताएका छन /

सशस्त्र प्रहरीले दिनप्रतिदिन स्थानियहरुलाई दुःख दिने , बिना कारण धाकधम्की दिने र आफूहरू जे गरे पनि ठिक मानसाय बोकेका ,सशस्त्र प्रहरीको रवैया दिनहु बढ्दै गएका कारण स्थानियहरू टायरबली प्रदर्शनमा उत्रन बाध्य भएको स्थानियहरुको भनाइ छ /

स्थानियहरुको अनुसार सशस्त्र प्रहरी निरिक्षक हरि बहादुर पराजुलीको आदेशमा तस्करहरुलाई छुट र जनतालाई दुःख दिने काम सशस्त्र प्रहरीले गरिरहेको छ /सिमा मा खटेको सशस्त्र प्रहरीहरुले २० देखि ५० रुपैयाँ सम्म आउन जाने मान्छे सँग उठाउन थालेको स्थानियहरुले बताएको छन /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय