पोखरिया ,असार ८ गते सोमबार

नेपाल राष्ट बाद राष्ट्रिय नागरिक संघर्ष समिती भिस्वा पर्सा द्वारा राजा आउ देश बचाउ , हिंदू राष्ट्र कायम गर ,MCC चाहिदैन , देश बेच्न पाउदैन ,नारा सहित भब्य रुपमा छिपहरमाई गा.पा.वार्ड नः ५ भिस्वामा सामाजिक दूरी कायम राख्दै रयाली निकालिएको छ सो रयालीमा नेपाल राष्ट बाद सँघ पर्सा को क्षेत्रीय अध्यक्ष महम्मद सबजान मियाँको प्रमुख अतिथि मा निकालिएको रयाली मा गाउ कमिटी अध्यक्ष सकुर मियाँ, सदस्यहरू हफिज मिया, नजीर मिया,लगायतको सहभागिता रहेको थियो

राष्ट्रिय नागरिक संघर्ष समितीहरूले वृहत्त र्‍यालीको आयोजना गर्दै राजा आउ देश बचाउ, हिन्दु सनातन अधिराज्य कायम गर, राजासंगको सझ्तौका कायम गर, २०४७ को संविधान लागु गर, जनता कसको राजाको, राजा कसको जनताको लागयतका गगनभेदी नारा लगाउँदै गाँऊ परिक्रमा गरेको छ ।भिस्वा चौक
हुँदै गाँऊ परिक्रमा गरेको थियो /


कार्यक्रममा मन्तव्यको क्रममा वक्ताहरूले देशको राष्ट्रिय अखण्डता, एकता र विकासको लागि राजसंस्थाको पुनस्र्थापना अनिवार्य भएको बताउँदै राजसंस्था बिना देश अन्धकारमय बन्दै गएकोमा दु:खेसो पोखे । देशहितको लागि सबै नेपालीहरू एकजुट भएर राष्ट्रि झण्डामुनि आएर हिन्दू अधिराज्यसहितको राजसंस्था पुनस्र्थापनाकोलागि आगाडी बढ्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय