जनकपुरधाम : धनुषा जिल्लाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले कालोमोसो दलेका छन्।

आफूहरुले धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाको संसदीय विकास कोषको रकमबाट वडा नम्बर-३ कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि विनियोजन गरिएको बजेटको हिसाबकिताब पारदर्शी गर्न पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै सोमवार प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मालाई वडा नम्बर ३ का स्थानीयले कालोमोसो दलेका हुन्।

स्थानीय जर्नादन भण्डारीले भने, ‘कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि गाउँपालिकाले ठेक्काका लागि पहिलो पटकमा ३० दिने सूचना निकालेर बदर गर्‍यो फेरि दोश्रो पटकमा पनि १५ दिने सूचना निकालेर त्यसलाई पनि बदर गर्‍यो र अब आएर काम नहोस भन्ने मनसायले समय नरहेको भन्दै प्रशासकीय अधिकृत संतोष शर्माले आनाकानी गर्न थाले।’

उनले प्रशासकीय अधिकृतलाई कमिसनको कुरा नमिलेपछि काम नै गर्न नदिएको आरोप समेत लगाए।

संघीय र प्रादेशिक संसदीय कोषको रकमलाई सम्बन्धित संसदीय क्षेत्रमा रहेको स्थानीय तह र वडा मार्फत सर्वदलीय संयन्त्र बनाएर कोरोना विरुद्धको संघर्षमा खर्च गर्ने सरकारको निर्णयपछि औरही गाउँपालिकाका प्रशासकीय अधिकृत शर्माले सो रकम हिनामिना गर्ने उद्देश्यले मण्डल सेवा समिति निमार्णमा अवरोध पुर्‍याएको भण्डारीको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय