वीरगन्ज ।असाढ ७ । छैठो अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर आज जिल्ला आयूर्वेद स्वास्थ केन्द्र द्धारा योग प्रशिक्षण कार्यक्रम गरिएको छ ।

व्यस्त दिनचर्यासंगै मानिसमा विभिन्न किसिमका स्वास्थ्य समस्या आइरहेकोले योग निकै महत्वपूर्ण विषय रहेको कुरालाई मध्यनजर गर्दै योग दिवसको अवसरमा योग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जिल्ला आयूर्वेद स्वास्थ केन्द्रका वरिष्ठ कबिराज निरीक्षक नागेन्द्र प्रसाद् पटेलले बताए । कार्यक्रममा स्थानीय समाजसेवी, यूवा, संचारकर्मी , कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

आफ्नो नित्यकर्म अन्तर्गत योगालाई पनि समावेश गरिए स्वस्थ भइ आयु पनि बढ्ने यसलाई आफ्नो दैनिक कार्यमा समावेस गर्नुपर्नेमा प्रवक्ता पटेलले बताएका छन।

जिल्ला आयूर्वेद स्वास्थ केन्द्रका प्रमुख डाक्टर रमेश मिश्राले उद्घाटन गरे । सो अवसरमा बोल्दै डाक्टर मिश्राले प्रत्येक व्यक्तिलाई स्वस्थ हुनका लागि योग अपरिहार्य रहेको बताएका छन । उनले व्यस्त जीवन भए पनि योगको लागि केही समय छुट्याउनुपर्ने र स्वस्थ, निरोगी दीर्घजीवनका लागि अति आवश्यक रहेको योगले सदाचार, अनुशासन र असल चरित्र निर्माणको मार्ग अवलम्बन गर्नसमेत सहयोग र उत्प्रेरित गर्ने कारणले योग दिवस मनाउन लागिएको उहाँको भनाइ छ।

शारीरिकरूपमा स्वस्थ, मानसिकरूपमा शान्त र आध्यात्मिकरूपमा उच्च चेतनायुक्त जीवन जिउनका लागि योगलाई जीवन पद्धतिको अभिन्न अंगका रूपमा स्वीकार गरी अंगीकार गर्न सबैमा अनुरोध गरिएको योग दिवसमा प्रदेश र स्थानीय सरकारले समेत विशेष प्राथमिकता दिएको छ।

कार्यक्रममा योग प्रशिक्षक धिरेन्द्र सिंहले योगाको विभिन्न विधिबारे प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय