रौतहट // रौतहटको गरुड़ा नगरपालिका लक्ष्मीपुर निवासी नेकपा पार्टीका जिल्ला कमिटी सदस्य एवं शाहिद परिवारका क. बिजय साह माथी हिजो राति ९:३० बजे महम्दपुर देखी लक्ष्मीपुर तिर घर फ़र्किने क्रममा सुनियोजित संघातिक आक्रमण भएको छ ।

रौतहट जिल्ला लगायत प्रदेश-२ मा नेकपाका नेता तथा कार्यकर्ता पंक्ति माथी लगातार हमला भईरहेको ले नेकपा प्रदेश २ का अध्यक्ष तथा पूर्व मंत्री मा. प्रभु साहले चिंन्ता व्यक्त गरेका छन् ।

ज़्यान मार्ने उद्देश्यबाट गरीएको यस आपराधिक तथा अमानवीय घटनाको घोर भर्त्सना गर्दै मंत्री साहले अपराधी माथी तुरुन्त कारवाहीका लागि गृह प्रशासनसंग मांग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय