वीरगंज ६ असार शनिबार – बिरगंजमा रगत अभाव भएसङ्गै रगतको कमि हुन नदिनको लागी भन्दै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको सन्युक्त आयोजनामा समुदाय – प्रहरी साझेदारी अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक साहको प्रमुख आतिथ्य शनिबार त्रिमुर्तीहल सङै सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा सामुदायिक सेवा केन्द्रका सचिव कुल नारायण प्रधान (दिलिप) को अध्यक्षतामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

रक्तदान कार्यक्रममा ५ महिला सहित ३५ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा महिला प्रहरी लालमाया गुरुङ , गिता चौहान , शिलु गौतम , ममता कुमारी गुप्ता , संगीता शर्मा , सामुदायिक सेवा केन्द्र मुर्लीका वरिष्ठ उपाध्यक्ष जयलाल प्रसाद साह कानु , सदस्य निर्मल ताम्राकार , प्रदीप कुमार ढुङ्गाना , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरीक्षक चरित्र बहादुर बस्नेत , प्रेम बहादुर भण्डारी , पवन कुमार बस्नेत , उमेश प्रसाद यादव , चन्द्रबिर कुमार चौधरी , ओमप्रकाश प्रसाद यादव , धिरज अधिकारी , रामधन यादव , मुकेश प्रसाद यादव र प्रदिप कुमार गुप्ता लगायतकाले रक्तदान गरि सहयोग गरेका थिए ।

खुल्ला रक्तदान कार्यक्रममा बिरगंज महानगर पालिका वडा न.१४ का वडा अध्यक्ष भरत कुर्मी , १२ का वडा अध्यक्ष रामदरश कुस्वाह , ११ का वडा अध्यक्ष प्रधुमन सेढाई , एमालेका नेता एवं समाजसेबि सम्भु प्रसाद गुप्ता , रेडक्रस सोसाइटी पर्साका कार्यालय प्रमुख उदयराज शर्मा , नेपाल पत्रकार महासघ प्रदेश न.२ का सदस्य जगत राई , सामुदायिक सेवा केन्द्र मुर्लीका वरिष्ठ उपाध्यक्ष जयलाल प्रसाद साह तेलि , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरीक्षक चरित्र ब. बस्नेत , फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित भुजेल , अन्कुश दैनिकका सन्तोषमान रन्जितकार , त्रिनेत्र पोस्ट साप्ताहिकका प्रकाशक मुनेश लायो मगर , पब्लिक एफएमका सन्जय दास थारु , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्की , मार्टिका आई फाउन्डेसनका डा. महेशसिंह धामी , वडा प्रहरी कार्यालय श्रीपुरका सुरक्षाकर्मी , सन्चारकर्मी , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय