सिरहा, ५ असार । लाहान स्थित पोलिक्लिनिकमा डाक्टरको लापरबाहीले बिरामीको ज्यान जानु कुनै नौलो कुरा होईन । प्रत्येक ३ महिनामा यहाँका पोलिक्लिनिकहरु यस्तो घटनाले विवादमा आईरहेकै हो । फेरि आज शुक्रवार बिहान लहान स्थित लिला मदन पोलिक्लिनीकमा प्रसुती गराउन आएकी एक महिलाको ज्यान गएको छ । पैसा दोहन खेलको मास्टरमाईन्ड उक्त पोलिक्लिनिक का डाक्टरले पुनः अपरेशन गर्नुपर्ने भन्दै एक प्रसुतीको ज्यान लिएको पिडित परिवारको आरोप रहेको छ ।

सप्तरीको खडग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै अपरेशन गरीएको पारिवारिक स्रोतले जनाएका छन । अपरेशनको दुई वटा टाँका चुडेपछी खातुनलाई पीडा भएको थियो । पेट दुखेपछी पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप रहेको छ । दोस्रोपटक अपरेसनमा भएको लापरबाहीले खातुनको ज्यान गएको परिवारजन्को भनाई छ । खातुनको मृत्यु लगत्तै क्लीनिकका डाक्टर डा. दिलिप साह टाप ठोकेका थिए । अहिले उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए ।

घटना लगतै पोलिक्लिनिकका संचालक पीडित परिवारलाई मिलाउने कसरतमा लागेको एक गोप्य स्रोतले बताएका छन । अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको थियो । अहिले अनुसन्धान भइरहेको ईप्रका लाहानका डिएसपी सरत थापाले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय