लागु औषध ईन्जेक्सन १२५० एम्पुल सहित २ जना मानिस पक्राउ:-

धर्मेन्द्र प्रसाद यादव (पर्सा )वीरगंज ४ असार – जिल्ला प्रहरी कार्यालय पर्साबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.१५ स्थित नेशनल मेडिकल कलेज तर्फ साईकल चलाई आउदै गरेका जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१५ बस्ने लाल बहादुर सिंहको छोरा बर्ष २३ को अयस कुमार सिँह र ऐ.ऐ.बस्ने समराज सिंहको छोरा बर्ष १९ को अरुण सिँहलाई शंका लागी शरिर तथा बोकी ल्याएको तरकारीको झोला समेत चेकजाँच गर्दा उक्त तरकारीको झोलामा लुकाई छिपाई राखि ल्याएको लागु औषध ईन्जेक्सन नुर्फिङ ४१६ ,डाईजोपाम ४१७ र फेनारगन ४१७ एम्पुल गरि जम्मा १२५० एम्पुल लागु औषध फेला परेकोले साईकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

वीरगंजको ब्रह्मचौकमा ट्रक चेकजाँच गर्दा  गाँजा सहित २ जना पक्राउ:-

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१५ ब्रहमचौक स्थित सडक खण्डमा बिभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा ना ५ ख ९१६४ नं.को ट्रकबाट अबैध लागु औषध गाँजा अ.१ किलो फेला परेकोले सो लागु औषध गाँजा सहित चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ बस्ने मोहन बर्तौलाको छोरा बर्ष ३४ को दिनुप बर्तौला र सहचालक ऐ.ऐ.बस्ने बलराम बानियाको छोरा बर्ष ३४ को राजिव बानियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय