बिरगंज , असार ०३ गते बुधबार ।

पर्सा जिल्लाको पोखरीया नगरपालिकाको आयुर्वेद शाखाद्वारा वीरगञ्जको कोरोना isolation हस्पिटलमा रहेका पोखरीयाका कोरोना पोजिटिभ 5 स्वास्थ्यकर्मी र 5 सर्वसाधारण जनता गरी 10 जनालाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेद औषधि वितरण गरिएको छ। नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुले जारी गरेको निर्देशिका अनुसार वितरण गरिएका आयुर्वेद औषधिले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने कुरा आयुर्वेद संयोजक डा रवीन्द्र कुमार यादवले जानकारी दिनु भयो। संक्रमितहरुलाई च्यवनप्रश, इम्युन केयर, अश्वगन्धा, आमलकी औषधि वितरण गरिएको हो।

अहिलेको कोरोना महामारीको युद्धमा सबैले आ आफ्नो क्षेत्रबाट सचेत र सुरक्षित भई लाग्ने र प्राचीन आयुर्वेद तथा योगलाई नियमित व्यवहारमा ल्यानुपर्ने छ। यो रोग मानवको व्यवहार, जीवनशैली, रहनसहन संग जोडिएको प्रस्ट पार्दै योग, प्राकृतिक चिकित्सा पद्धति लाई व्यवहारमा उतारे सजिलै कोरोना लाई जित्न सकिने डा रवीन्द्र कुमार यादवले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय