बारा,असार ३ गते ।बारा प्रहरी ले अवैध छोकडा बरामद गरेको छ ।विश्रामपुर गाउपालिका वडा नं.४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासीको लागि अवैध छोकडा तस्करहरूले थुपारी राखेको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले विश्रामपुर गाउपालिका .वडा नं.४ बलिरामपुर टोल स्थित दशगजा क्षेत्र नजिकै रहेकोे सुरेन्द्र साहको घर छेउमा आई पुग्दा भारततर्फ चोरी निकासीको लागी तस्करहरूले थुपारी राखेको रू.५,२५,०००।- बराबरको (३५ क्विन्टल) अवैध छोकडा प्रहरी टोलीलाई देखि भागि फरार भएकोमा उक्त छोकडा बेवारिसे अवस्थामा रहेको बेला बारा प्रहरी ले बरामद गरेको छ । बरामद गरिएको छोकडा लाई मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बारा का प्रवक्ता प्रहरी नायब उपरीक्षक . गौतम मिश्र ले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय