इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा जेठ २८ गते २२ वर्षीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए

फाईल तस्विर

जनकपुरधाम । धनुषाको सबैला ईलाका प्रहरी कार्यालयभित्रै झुण्डिएको अवस्थामा स्थानीय शम्भु सदा मृत भेटिएपछि छानबिनको जोडदार माग गरिएको छ ।
शम्भु सदाको न्यायको लागि विभिन्न चरणमा भएको आन्दोलन पश्चात अन्तत प्रशासनले छानबिन समिति गठनको लागि सहमति गरेको छ ।
पीडित परिवारको तर्फको प्रतिनीधि सहित प्रशासन र कानुन व्यावासी सम्मलित ४ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय भएको हो ।
आज (मँगलबार) शम्भू सदाको पोस्टमार्टमपछि धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोषहरी निरौला, डीआइजी र पीडित परिवारबीच तीन बुँदे सहमति भएको हो ।
शम्भु सदाको प्रहरी हिरासतमा मृत्यू बारे छानविन समिति, पीडितलाई राहत र जीउ ज्यानको सुरक्षा सम्बन्धी सहमति भएको हो ।
इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा जेठ २८ गते २२ वर्षीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
प्रहरीले शम्भुले आत्महत्या गरेको भन्दै आएको उक्त घटना पीडित परिवारले भने प्रहरी समेतको मिलेमतोमो हत्या भएको दावी गरेको छ ।
यो घटना छानबिनका लागि प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।
उक्त समितिमा मृतक पक्षको तर्फबाट दुई जनालाई आमन्त्रित सदस्यको रुपमा राखिने भएको छ । एक जना अधिकारकर्मी र एक जना कानुन व्यवसायीलाई आमन्त्रित सदस्यको रुपमा राखिने सिडिओ निरौलाले जनाए ।सभार न्युज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय