धनुषा / कोरोना महामारीको समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ धनुषाको सबैलामा ६३ जनाले रक्तदान गरेका छन ।

मंगलवार नगर युवा संजाल सबैला खुल्ला मञ्चमा आयोजना गरेको रक्तदान कार्यक्रमकाबीच सो संख्यामा रक्तदान गरेका हुन ।

नगर युवा संजाल सबैलाले रक्तअभाव हुन नदिन नगर संजाल लगायत कसैलाई केही समस्या हुने बितिकै उपलब्ध गराउनेछुु । रक्तदान जिवनदानकाे कार्यक्रम गरेको थिए

धनुषाको सबैला स्थिती सबैला बजारको प्राङ्गणमा रहेको खुल्ला मञ्चमा आयोजित सो रक्तदान कार्यक्रम नगर युवा संजाल सबैलाका अध्यक्ष लगायत रक्तदान गरेका थिए ।

। विहान ८ बजेदेखि शुरु भएको सो रक्तदान कार्यक्रममा युवा युवती, समाजसेवी, वुद्धिजिवी, नागरिक समाज, संचारकर्मी लगायतका व्यक्तिहरुले रक्तदान गरेकाे थियोे ।

नगर युवा संजाल सबैलाको सहकार्यमा कार्यक्रमको आयोजना खुल्ला मञ्चमा गरिएको थिइन । ।

नगर युवा संजाल सबैलाले यस महामारीको समयमा विभिन्न जनचेतना कार्यक्रम गर्दै आएको छ भने वर्तमान परिवेशमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको नगर युवा संजालका अध्यक्ष सुरेश यादवले बताए ।

दस वटा स्थानिय तहमा युवा संजाल गठन भइसकेको र वाँकी रहेको स्थानमा चाँडै नै युवा संजाल गठन गरिने अध्यक्ष यादवले जनाए ।

रक्तदान कार्यक्रमको अवसरमा संजालले विभिन्न व्यक्तित्वहरुलाई हीर्दैदेखी सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय