कैलालीको एक क्वारेन्टाइनमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि शनिबार राति सामुहिक बलात्कार भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीका प्रवक्ता डिएसपी प्रतीक विष्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

दुई साताअघि भारतबाट आएकी उनी क्वारेन्टिनमा बसेकी थिइन् । स्वायं सेवकले नै बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै विष्टले जानकारी दिए ।

बलात्कार भइरहँदा मोबाइलमा भिडियो रेकर्ड गरेको पीडितले बताएकी छन् । बलात्कारीले बलात्कारपछि सामाजिक सञ्जालबाट भिडियो भाइरल बनाइदिने भन्दै पीडितसँग उल्टै पैसा बार्गेनिङ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय