जीतेन्द्र कुमार राम

जनकपुरधाम,३१ जेठ।

प्रहरी हिरासतमा ज्यान गुमाएका शम्भु सदालाइ न्याय दिलाउन कानुनी प्रक्रियामा लागिसकेका प्रदेश सभा सांसद किशोरी साह कमलले बताएका छन।घटना भएदेखी नै यस क्षेत्रबाट नेतृत्व गर्दै आएका प्रदेश,प्रतिनिधि वा स्थानिय तहका जनप्रतिनिधिहरुमध्ये पिडित परिवारसंग भेट्न गएका पहिले प्रतिनिधि साहले पिडित परिवारसंग भेटघाट गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका हुन।घटनाको आज चौथो दिन पनि नत्र प्रहरी नत्र सम्बन्धित निकायले प्रक्रिया जुटाउन सकेका छन।यसै क्रममा सांसद साहले प्रक्रियामा अझै ढिलाइ नहुने र पिडितले न्याय पाउनुको साथै घटनाको सथ्यतथ्य छानबिन गरि अपराधिलाइ कडा कार्वाही गराउन हदैसम्म लाग्ने बताए।सांसद साहले पिडित परिवार शम्भुको पत्निलाइ काजकिरिया बापत निजितर्फबाट आर्थिक १५ हजार सहयोग गर्दै आफू निरन्तर जनताको हितमा रहेर जनता हितबिपरित कुनै काम नगर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय