संकेत तस्बिर

सर्लाही, ३० जेठ । सर्लाहीमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीसँग झडप भएको छ ।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले अवरोध खडा गरेको हो । तर भारतीय नागरिकले सशस्त्र प्रहरीका हतियार खोस्न थालेपछि भएको प्रत्याक्रमणमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृतकको पहिचान खुलेको छैन । घटनामा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् भने सशस्त्रको एउटा एसएलआर हतियार लुटिएको छ ।

advertisement

भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न लागेपछि सुरुमा १० राउण्ड हवाइ फायर गरिएको र पछि भारतीय नागरिकले हतियार नै खोसेर भागेपछि गोली चलाउनु परेको सशस्त्रले जनाएको छ । प्रहरीले हतियार लिएर भागेपछि ५ राउण्ड गोली चलाएको थियो ।

हतियार खोस्ने भारत सितामढीका ४५ वर्षीय लगन राम भने पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय