पोखरिया २९ जेठ – प्रदेश नं २ को भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनल ले प्रत्येक जिल्ला मा एक गाउँपालिका लाई आदर्श बस्ती बनाउने उदेश्य ले सन्चालन गरेको आदर्श बस्ती बिकास कार्यक्रम अन्तर्गत पर्सा को धोबिनी गाउँपालिका वार्ड नं ५ धोबिनी मा आज एक कार्यक्रम का बिच सडक ढलान र नाला निर्माण को शिलान्यास भएको छ ।

ढलान र नाला शिलान्यास कार्यक्रम का प्रमुख अतिथि रहनु भएको जिल्ला समन्वय समिति पर्सा का प्रमुख नेक महम्द अंसारी ले बिधवत रुपमा पुजापाट गरि शिलान्यास गर्नुभएको थियोे । प्रमुख अतिथि अंसारी शिलान्यास गर्दै भने देश को बिकास कार्यमा युवा हरु को सक्रियता जरुरी रहेको बताउनु भएको छ। अब युवा हरु लाई अगाडि बढन अाग्रह समेत गरेका छन। बिकास निर्माण को काम मा युवा हरु ले अगाडि बढे देश र गाउँ को बिकास मा सहयोग पुगने बताए /

धोबिनी गाउँपालिका को बिकास निर्माण को कार्यमा अाफ्नो पनि सहयोग रहने बताउनु भएको थियोे ।सडक ढलान ,नाला निर्माण कार्य २५ लाख २६ हजार ३सय१५ रुपैयाँ को लागत मा सडक ढलान ,नाला निर्माण कार्यहुने जनता समाजवादी पार्टी को संघीय परिषद सदस्य सलाउदिन अहमद ले जनाएका छन। आफ्नो गाउँपालिका लाई आदर्श बस्ती बिकास कार्यक्रम को लागि मन्त्री सोनल ले पार्नु भएकोमा जनता समाजवादी पार्टी का नेता अहमद ले धन्यवाद समेत दिनुभएको थियोे ।

सढक ढलान,नाला,शिलान्यास वार्ड अध्यक्ष मनौवर अहमद को अध्यक्ष्ातामा सम्पन भएको थियोे। शिलान्यास कार्यक्र्रम मा वार्डसदस्य भोला मियाँ , स्थानिय युवा सुरेन्द्र साह,लगायत को सहभागिता रहेको थियोे ।निर्माण हुन लागेको सडक ढलान ,र नाला निर्माण कार्य उपभोक्ता समितिको माध्यम बाट भईरहेको र निर्माण कार्य असाढ मसान्त सम्म समपन गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय