वीरगंज २६ जेठ — पर्साको जगरनाथपुर गाउँपालिकाका सन्ठीस्थित रहेका क्वारेन्टाइनमा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । गाउँपालिकाको सन्ठीस्थित क्वारेन्टाइनमा बसेका ३४ जना व्यक्तिहरुको पिसिआर परिक्षण गर्दा ८ जनाको रिपोट पोजेटिभ आएको उनले बताए ।
उनीहरु केही समय अघि भारतबाट फर्किएका थिए । भारतबाट आएका ३३ जना र उनीहरुको सम्पर्कमा आएका थप १ गरी जम्मा ३४ जना क्वारेन्टाइनमा रहेका थिए । संक्रमण पुष्टि भएका सबैलाई बीरगन्ज ल्याउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय