काठमाडौँ । सांसद् गंगा चौधरको अभिव्यक्तिलाई लिएर संसद्मा हंगामा भएको छ। सोमबार चौधरीले भारतीय चेलीहरुको सदनभित्र दादागिरी चल्न लागेको अभिव्यक्ति दिएपछि संसद्भित्र हंगामा मच्चिएको हो।

शुक्रबार संसद्मा बोल्दै अर्की सांसद् अमृता देवी अग्रहरीले गंगा चौधरीले सार्वजनिक रुपमा माफी माग्नु पर्ने प्रतिक्रिया दिइन्। उनले संसद्मा यसो भनिरहँदा अन्य सांसद्ले उठेर विरोध जनाए। संसद्मा हंगामा हुन थालेपछि सभामुख अग्नी सापकोटाले सबैलाई बस्न आग्रह गरे। सभामुख सापकोटाको आग्रह पछि अरु सांसद बसे । तर सांसद् अग्रहरी देवीले भने चौधरीको आलोचना गर्न छोडिनन्।

उनले सदन रगत उम्लाउने ठाउँ नभएको भन्दै रगत चिसो बनाएर कुरा गर्नु पर्ने उल्लेख गरिन्। यसो भनिरहँदा सभामुखले स्तरिय भाषाको प्रयोग गर्न आग्रह गरे। उनले त्यो आग्रहको पनि वास्ता गरिनन्।

उनले कसैको रगत धेरै तातो भए वाग्मतीमा गएर हाम फाल्नु पर्ने सम्मको अभिव्यक्ति दिइन्। उनले सांसद् कसैको अपमान गर्ने ठाउँ नभएको भन्दै आफूमाथि हुने भेदभावको पनि सीमा हुने उल्लेख गरिन्।

उनले सीमा भन्दा धेरै आफ्नो अपमान भएको पनि आरोप लगाइन्। पहाडीले कुर्सी छोड्न आग्रह गर्दै मधेसीले देश फिर्ता ल्याउने पनि उल्लेख गरिन्।सभार दैनिक अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय