काठमाडौं: सरकारले लकडाउनलाई खुकुलो बनाउदै लैजाने तयारी गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको हो ।

समितिले जिल्ला भित्र र लामो दुरीका सवारी साधन सञ्चालन गर्ने, सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालन गर्ने, आन्तरिक हवाई सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड तयार गर्ने सुझाव सरकारलाई दिएको छ ।

समितिले जेठ २५ गतेदेखि लकडाउनलाई खुकुलो बनाउने र असार १ गतेदेखि अधिकांश क्षेत्र निश्चित मापदण्ड पालना गर्दै सञ्चालन गर्न दिने गरी लकडाउनको स्वरुप परिवर्तन गर्ने सुझाव दिएको हो ।

सरकारले समितिको सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको खण्डमा असार १ गतेदेखि लकडाउन केवल सामाजिक दुरी कायम गर्ने, सभा सम्मेलन, भोज जस्ता कार्यक्रम नगर्ने र शैक्षिक संस्था सञ्चालन नगर्ने हदसम्म मात्र कायम रहनेछ ।

जेठ २५ देखि खुल्ने क्षेत्रहरु
दैनिक उपभोग्य सामाग्री र अन्य सामग्री बिक्री गर्ने पसलहरु, डिमार्टमेन्ट स्टोरहरु, कपाल काट्ने सैलुन, अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु

जिल्लाभित्र चल्ने सवारी साधनहरु
सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा कार्यालयका कर्मचारी चढ्ने सवारी साधनहरु
असार १ गतेबाट खुल्ने क्षेत्रहरुसबै प्रकारका उद्योगहरु, आन्तरिक हवाई सेवा, धार्मिक स्थलहरु, लामो दूरीका यात्रुवाहक सवारी साधानहरु, मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसल, सपिङ मलहरु आदि । आन्तरिक हवाई सेवा र लामो दुरीका साधनमा आधा मात्र यात्रु बोक्ने अनुमति दिने सिफारिस भएको छ ।

असार १७ गतेपछि खुल्ने

शैक्षिक संस्था, रेष्टुरेन्ट, खाजा पसलहरु संक्रमणको अवस्था हेरी ठाउँ अनुसार सञ्चालन गर्न दिनेको छ ।

भदौसम्म बन्द हुने क्षेत्रहरु
सभा समारोह, उत्सव, भोज भतेर आदि कार्यक्रम, सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु रहेको छ ।दनेपालटप

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय