जनकपुरधाम । जेठ, २३ गते । आज राती साँढे ११ बजेदेखि बिहान पौने ३ बजेसम्म चन्द्र ग्रहरण लाग्ने भएको छ । जसलाई पेनम्ब्रल चन्द्र ग्रहण भनिन्छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार सन् २०२०को दोस्रो पेनम्ब्रल साढे ११ बजेदेखि सुरू भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने २ बजेर ४९ मिनेटमा सकिनेछ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रासभन्दा भिन्न खालको चन्द्रग्रहण हो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । पृथ्वीको छाँया चन्द्रमामा पर्ने बिरलै घटना हुने भएकाले यसलाई यसलाई पेनम्ब्रल भनिएको हो । वैज्ञानिकहरूका लागि यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण मानिएको छ । यसअघि २०७६ पुष २५ गते शुक्रबार राति पनि यस्तो खालको चन्द्रग्रहण देखिएको थियो । यो ग्रहणलाई आँखाले देख्न सकिँदैन । यसको नेपाली नाम भने अहिलेसम्म जुराइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय