लहान । सिरहामा शुक्रबार छुट्टाछुट्टै घटनामा दुई वृद्धको ज्यान गएको छ । जिल्लाको लहान नगरपालिका २३ गढियाका ७० वर्षीय वृद्धा गुल्टेन महतोको करेन्ट लागेर ज्यान गएको हो ।
आफ्नै घर मर्मत गर्ने क्रममा विधुत मिटरको तारमा करेन्ट लागेर ज्यान गएको प्रहरीले बताएका छन । घटनापछि ईलाका प्रहरी कार्यालय महेशवारीबाट गएको टोलीले मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक (राउ स्मारक) लहान अस्पताल लगेको बताइएको छ ।
यस्तै शुक्रबार नै धनगढीमाई नगरपालिका १० श्यामपुरका ७६ वर्षिय वृद्ध नरमान राईको चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको हो
आफ्नै आँपको बगैचामा रहेको समयमा पानीसँगै परेको चट्याङले राईको ज्यान गएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक (राउ स्मारक) लहान पठाईएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सभार नागरि बहस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय