आरके बानिया

पोखरिया / पाकाहा मैनपुर गाउँपालिका को वडा नम्बर २ मा रहेको सार्वजनिक पोखरीको डिलमा बसेर आराम गर्दै गरेको पकहा मैनपुर गाउँपालिका वडा २ र ३ को मानिस हरु माथि आई एकासी रूपमा लाठी चार्ज गर्दा । १२ जना घाइते भएका छन्।घाइते हुनेमा जगुल सहनी, रामबिनेश सहनी,विजय चौहान,मोहन साह ,विशाल पटेल , बगड मियाँ,विगु सहनी, लगायत अन्य ब्यक्ति रहेका छन।भने जुगुल सहनी ले बताएका हुन् ।
उनका अनुसार पोखरी मा माछा मारिरहेको सूचना पाई प्रहरी आएको थियो। माछा मर्नेहरू माछा मारी घर गइसकेको बेला प्रहरी आई हामी क्रिकेट खेलि आराम गर्न बसेका थिए । बसेको समय मा प्रहरी आई विना सोधी लाठी चार्ज गर्न लाग्यो। हामी बारम्बार भनी रहेका थिए कि हामी ले माछा मारेको छैन । हामी क्रिकेट खेली आराम गर्न बसेका छौ। ता पनि प्रहरी ले मनेन कुटपिट गर्ने लाग्यो । लाठी, हेलमेट र फाईट बाट कुटी हामी हरुलाई अङ्गभङ्ग गरको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय