काठमाडौं– लकडाउन उल्लघंन गरेको भन्दै जनकपुरका प्रहरीहरूले सर्वसाधारण र व्यापारीमाथि लाठी प्रहार गरेका छन् ।

जनकपुर मन्दिर र जनकपुर चोक असपासका क्षेत्रमा लकडाउन पालना गराउनको लागि प्रहरीहरूले दमनको निती अपनाएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले साना पसलका व्यापारीमाथि लाठी बर्साएको हो । एक प्रत्यक्षदर्शी भने– ‘जनकपुरको अन्य ठाउँमा पनि ठूलो भिड लागेको छ तर उता प्रहरीको केहीपनि ध्यान छैन ।’ उनका अनुसार ति व्यापारीहरूमाथि प्रहरीहरूले सक्दो बल प्रयोग गरेको छन् ।

त्यती मात्रै होइन प्रहरीले पक्राउ गरेर आफ्नो भ्यानसम्म पु¥याउनको लागि जर्बरजस्ती गरी लाठी प्रहार गरेका थिए ।https://www.facebook.com/amreshjha.co.np/videos/1107665352936696/

साइकलमा यात्रा गरिरहेका सर्वसाधरणमाथि जुत्ता र लाठि प्रयोय प्रहरीहरूले गरेका छन् । बाटोमा गुडेका मोटरसाइकललाई रोक्दै केही नसोधी सिधै बल प्रयोग भएको छ ।

जनकपुरका एसपी रमेश कुमार बस्नेतले लकडाउनको पालना जे पनि गर्ने बताए । उत्त क्षत्रको मानिसहरू नियमको पालना नगरेको भन्दै उनले भने– ‘लकडाउनको पालना गराउनको लागि म जे पनि गर्न सक्छु ।’

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले गत चैत ११ गतेबाट लकडाउन लागू गरेको थियो । आज बिहिबार नेपाल लकडाउन भएको ७३ औं दिन पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म २ हजार ३ सय जनामा कोरोना पुष्ट भएको छ । जसमध्ये २ सय ७८ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

सभार द नेपालटप डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय