राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीमा आज (बुधबार) दुई पक्षबीच झडप भएको छ । झडपकै क्रममा अवस्था तनावपूर्ण बनेपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

अवस्था नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताउनुभयो । झडपमा घाइते भएकामध्ये १५ जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको डिएसपी तिलक भारतीले जानकारी दिनुभएको छ । जग्गा घेरबेर गर्ने विषयमा विवाद हुँदा झडप भएको तथा झडपमा दुवै पक्षका दुई दर्जन व्यक्ति घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपमा परी धिरेन्द्र प्रसाद यादव, वीरेन यादव, गजेन्द्र मण्डल, रमणकुमार साह, राम यादव, पृत्तम यादव, सुदन साह, सिताराम यादव, दिलीप यादव, अजित यादव घाइते भएका छन्। यसैगरी अर्को पक्षका ताहिर मन्सुरी, इद्रिश मन्सुरी, गुलाव मन्सुरी, उसमान मन्सुरी, मुखतार मन्सुरी, मनीर मन्सुरी, कमरुद्दिन मन्सुरी, नइम मन्सुरी लगायत घाइते भएका छन् ।
सभार जनता समाचार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय