धर्वेन्द्र कुमार यादव(यदुवन्शी)

महोत्तरी, जेठ २१ गते ।

महोत्तरीको गौशालामा ४ करोडको लागतमा वहुउद्देश्यीय भवन (कभर्ड हल) को निर्माण हुने भएको छ । महोत्तरी क्षेत्र नं. १ ख बाट निर्वाचित नेकपाका प्रदेश साँसद भरतप्रसाद साहले संसदीय विकास कोषमार्फत प्राप्त भएको रकमबाट गौशालास्थित जीरोमाईलमा अत्याधुनिक पूर्वाधारसहितको कभर्ड हल निर्माण हुन लागेको हो ।

वुधबार एक समारोहकाबीच प्रदेशसाँसद भरतप्रसाद साह र गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले संयुक्त रुपमा कभर्ड हलको शिलान्यास गरेका हुन ।

अव उत्सव, सभा सम्मेलन गर्नका लागि वाहिर जानुपर्ने वाध्यता हटने र यस भवनमा हरेक किसिमको कामकाज गर्नका लागि सुलभ हुने प्रदेश सभा सदस्य साहले बताए ।

आवश्यक भौतिक पूर्वाधार सम्पन्न भवनको अभाव भएपछि निर्वाचन क्षेत्र विकास बजेटमार्फत कभर्ड हल निर्माण गर्न लागेको प्रदेश साँसद साहले बताए । कर्भड हल निर्माण हुने खवरले स्थानिय खेलप्रेमीहरु हर्षित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय