प्रादेशिक अस्पताल जनकपुरलाई कोरोनाको विशेष अस्पताल बनाएपछि प्रदेश २ सरकारले कोरोनाबाहेकका बिरामीका लागि एक निजी अस्पतालबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।  प्रादेशिक अस्पतालमा कोरोनाका बिरामीको मात्रै उपचार हुने भएकाले जनकपुरस्थित जानकी मेडिकल कलेजको सिटी शिक्षण अस्पतालबाट सरकारी सेवा दिन थालिएको प्रदेश सरकारले जानकारी दिएको छ । 

११ वैशाखमा प्रदेश सरकार र अस्पताल प्रशासनबीच सरकारी अस्पतालकै शुल्कमा बिरामीको उपचार गर्ने सहमति भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ  । सहमतिसँगै सिटी अस्पतालमा बिरामीको चहलपहल बढेको छ । श्रीमानको उपचार गराउन आएकी जनकपुर– ८ की ललिता महतोले भनिन्, ‘लडकाउनका कारण उपचारमा लागि श्रीमानलाई बाहिर लैजाने अवस्था थिएन । प्रादेशिक अस्पतालमा कोरोनाको मात्रै जाँच भएपछि तनावमा थियौँ । सरकारी शुल्कमै सेवा पाएपछि राहत महसुस भएको छ ।’ 

कोरोना जोखिमका बीच सुरक्षा उपाय अपनाएर सेवा दिइरहेको चिकित्सकहरूले बताएका छन् । अस्पतालका नाक, कान, घाँटीरोग विशेषज्ञ शिवचन्द्र शाही र दन्तरोग विशेषज्ञ ऋषिकेश साहले सेवा दिइरहेका छन् । अस्पतालले इमर्जेन्सी सेवा पनि दिइरहेको छ । 

सम्झौताअनुसार नै ओपिडी, इमर्जेन्सीदेखि शल्यक्रिया, एनआइसियू, आइसियू, एमआरआई तथा सिटी स्क्यान सेवा सरकारी शुल्कमै दिइरहेको अस्पतालका प्रशासन अधिकृत विनोदकुमार साहले बताए । अस्पतालले बिहान ९ देखि दिउँसो ३ बजेसम्म ओपिडी र २४सै घन्टा इमर्जेन्सी सेवा दिँदै आएको छ । नयाँ पत्रिका बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय