जनकपुरधाम, १८ जेठ । लकडाउनको समयमा जनकपुरधाममा सरकारको विरोध गर्दै तरुण दलले मसाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरेको छ । तरुण दल जनकपुर नगरकमिटीका युवाहरुले आज स्थानीय सरकार र प्रदेश सरकारले जन–भावना विपरित काम गरेको भन्दै मसाल जुलुस निकालेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।जनकपुरधामको जनक चोकबाट तरुण दलका नगर उपाध्यक्ष राकेश विक्रम साहको नेतृत्वमा निकालिएको मशाल जुलूस भानु चोकमा पु¥याएसँगै धनुषा प्रहरीले लाठी चार्ज गरेको हो ।
लाठी चार्जबाट तरुणका आधा दर्जन युवाहरु घाइते भएका तरुणदल जनकपुर नगर कमिटीले न्यूज २४ लाई जनाएको छ ।जनकपुरधामको लागि आरटी पीसीआर मेसिन यथाशीघ्र सुरु गर्नुपर्ने, आइसोलेसन र क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने र भारतको सीमामा फसेको नागरिकलाई यथाशीघ्र उद्दार गर्नुपर्ने माग गर्दै तरुण दलले प्रदर्शन गरेको हो ।प्रहरीको लाठी चार्जपछि प्रदर्शनकारीहरु तित्तर–वित्तर भएका थिए । प्रदर्शनमा उत्रिएका युवाहरु केही घाइते भएपनि कुनैलाई पनि नियन्त्रणमा नलिइएको जनाइएको छ । लक डाउनको समयमा भीड–भाड गर्न नपाइने भएकाले सामान्य बल प्रयोग गर्नु परेको स्थानीय प्रसाशनले बताएको छ ।
copied news24

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय