जनकपुरधाम । विश्व – महामारी कोभिड – १९ कोरोना प्रभावित बिपन्न बर्गहरुका लागी राहत वितरण कार्य सुरु भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ मा पहिलो र दोस्रो चरणमा आज वडा नं ७ मा मट्टहि र चाैरिया मटहि, नवटाेलि गाउमा राहत बितरण भएको सबैला नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष रामदेव सहनीले जानकारी दिनुभयो । वडा नम्बर ७ मा ३ सय १० घरघरधुरीमा राहत बितरण भएको हो । बितरित रहातमा चामल २५ किलो , दाल २ किलो , नुन २ पाकेट , किलो , खाने तेल २ लिटर , कपडा धुने साबुन २ पिस , नुहाउने साबुन २ पिस लगायत राहत वितरण गरेको जनाईएको छ । यसैबिच प्रति घर – परिवार ५ जना रहेको एउटै वडाका घरधरीहरुमा चामल १५ किलो , दाल २ किलो , नुन १ पाकेट , तेल १ पाकेट , , कपडा १ पिस , नुहाउने साबुन २ पिस बितरण गरेको वडा अध्यक्ष रामदेव सहनीले बताए । सामाजिक दुरी कायम गर्न शस्त्र प्रहरी बलका प्रहरी जवान, स्वयम सेवक , कर्मचारी लगायत स्थानिय जन –प्रतिनिधिहरु खटिएका थिए । राहत बितरण गर्दै नगरपालिाका ७ का वडा अध्यक्ष ले भने सरकारले जारी गरेको निर्देशिका अनुसार नै नगरपालिकामा राहत बितरण गरीएको हो भन्दै उनले भने हामी बास्तबिक गरिब बिपन्नवर्गको परिवारलाई खाेजि खाेजि राहत बितरण गर्दै पहिचान गरी राहत बितरण गरीरहेको बताए काेइ न छुटाेस हामी राहत सबैला खाेजि खाेजि पुर्याउने छु ,यदि बास्तबिक बिपन्नवर्ग छुटेको छ भने सबैला नगरपालिका वाड नम्बर ७ मा वडा अध्यक्ष संग सम्पर्क गर्न उनले आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय